प्युठान : प्युठानमा बस दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको हो।
दुर्घटनामा घाइते भएकाहरुको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चार जनालार्इ बुटवल र १६ जनालार्इ जिल्ला अस्पताल प्युठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने अझैसम्म खुल्न सकेकाे छैन।

















































