काठमाडौँ : बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो। गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।
गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।
नव बाल गायक अशाेक दर्जीकाे पहिलाे गित सार्वजनिक भएको पहिलो दिनमै लाखौले हेरेका छन । करिव १८ घण्टा अगाडि युट्वबमा सार्वजनिक भएकाे धन बिनाकाे मन ठुलाे कि मन बिनाकाे धन अहिलेसम्म करिब ८ लाख पटक हेरीएकाे छ । साथै गितकाे भिडियाेमा ७१ लाख बढीले लाईक गरेका छन भने कमेन्ट पनि हजारौ पुगेका छन ।
टंक बुढाथोकी र अशाेक दर्जीकाे स्वरमा रहेकाे उक्त गितमा बिराज नेपालकाे शब्द रहेकाे छ । युट्युबमा राखेको केहि घन्टामै ट्रेन्डीङ्गमा परेको यो गीत अहिले नम्बर १ ट्रेन्डीङ्गमा रहेको छ । युट्युबमा राखेको केहि घन्टामै नम्बर १ ट्रेन्डीङ्गमा पर्ने निकै कम गीतमा यो पनि हो ।
हेर्नुस् भिडियो:-