अर्जुन गड्तौला
सूर्याेदय : इलामकाे सूर्याेदय नगरपालीका वार्ड न. ९ मानेमा टाेल विकाश सस्थाहरूकाे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
१३ वटा टाेल विकाश सस्थावाट उपस्थित सदस्यहरू रहेको कार्यक्रम मा टाेलकाे भूमिका, काम, कर्तब्य र अधिकार बारे प्रष्ट पार्दै गाउमादेखिएका विभिन्न समस्याहरूकाे टाेल विकाश मार्फत वाड कार्यालयमा जानकारी गराइदिन अध्यक्ष शर्माले अनुराेध गरेका थिए ।सूर्याेदय नगरपालिकालार्इ पूर्ण विषादि मुक्त क्षेत्र बनाउने अभियानमा सबैकाे साथ र सहयाेग भए साे पूरा हुने शर्माले बताए ।
विभिन्न टाेल विकाश सस्थाकाे प्रतिनिधित्व गर्दै उपस्थित भएका सदस्यहरूले अा अाफ्नाे टाेलमा भएका समस्या, विजुली,खानेपानी, दुर्ब्यसन, फाहाेरमैला ब्यवस्थापन लगायतका समस्या राखेका थिए । १३ टाेल विकास सस्थावाट ३० भन्दा बडिकाे सहभागिता रहेकाे कार्यक्रममा सूर्याेदय नगरपालिका वाड न. ९ का वाड अध्यक्ष देवेन्द्र शर्माकाे अध्यक्षता, वाड सदस्य मान बा. लाप्चा र वाड सचिव भगवति वरालकाे विशेष अातिथ्यमा सम्पन्न कार्यक्रम हरि प्रसाद गुरागाँइले सहजिकरण गरेका थिए भने सूर्याेदय नगरपालिकाकि सामाजिक परिचालिका ललिता रार्इले सञ्चलन गरेकी थिईन । कार्यक्रम सूर्याेदय नगरपालिकाकाे अायाेजनामा सम्पन्न भएको हो ।