इटहरीमा सुर्योदय यातायातमाथि सुतली बम प्रहार

इटहरी : सुनसरीको इटहरीमा कुदिरहेको बसलाई लक्षीत गरेर बम प्रहार भएको छ । धरानबाट आउदै गरेको सुर्योदय यातायातको मे १ ख २७३४ नम्बरको बसलाई लक्षीत गरेर बम प्रहार गरिएको हो ।

बम प्रहारबाट केही यात्रु तथा बसका कर्मचारीहरुलाई छर्रा लागेको थियो । धरानकी पुनम गौतमका ३ वर्षिय छोरा योजन र ८ वर्षकी छोरी हेलेनलाई छर्रा लागेको छ । बम मोटरसाइकलमा आएका केही व्यक्तिले प्रहार गरेको बताइएपनि यकिन भइसकेको छैन । इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।

​आज बिप्लप माओबादीले बन्द आवहान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार