इलाम : मेची राजमार्गको इलाम पुवाखोला खण्डमा आज (शनिबार) बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। इलामबाट प्याज लिएर राके जाँदै गरेको १ च ८७१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ।
बिहान को समयमा राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आगजनीबाट करिब २ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जानाएको छ ।


















































