इलाम : इलामका एक वृद्धालाई बलत्कार गरेको आओपमा एक युवा पक्राउ परेका छन् ।
बलात्कारको आरोपमा झापा वृद्धशान्ति गाउँपालिका–१, का २३ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । घटनामा अन्यको पनि संलग्नता रहेको देखिएकाले अन्यको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । पीडित वृद्धाको झापाको बिर्तासिटी हस्पिटलमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । वृद्धालाई स्थानीयले राति नै थाहा पाएर हस्पिटल पुर्याएका थिए ।
गम्भीर अवस्थामा उपचार भइरहेको वृद्धाको उपचारमा खर्च अभाव भएकाले स्थानीयले उपचारको लागि पहल गरिरहेको बताइएको छ । इलामको रोङ गाउँपालिका–१, शान्तिपुरका ७९ वर्षीया वृद्धाको गएको सोमबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका थिए ।
घरमा एक्लै सुतिरहेको अवस्थामा वृद्धालाई बलात्कार गरेको स्थानीयले बताएका छन् । वृद्धाको जिब्रोमा समेत गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


















































