माईभ्याली गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

इलाममा जारी चौथों अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा शुक्रबारदेखी सेमीफाइनलका खेलहरु सुरु हुँदैछन् । फाइनल प्रवेशका लागि आज उपाधिका दाबेदार विभागीय टिम त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् ।

इलामको ठूलो टुँडिखेलमा शुक्रबार अपराह्न ३ बजे सुरु हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पछिल्लो सिजनमा सर्वाधिक उपाधी जितेको आर्मी र राष्ट्रिय टोलीमा खेल्ने धेरै खेलाडी रहेको मनाङ पछिल्लो पटक चार पटक आमनेसामने भएका थिए। जसमध्ये तीन पटक सेमीफाइनलमा भेट भएको थियो। जसमा आर्मीेसँग मनाङपराजित भएको थियो।

एउटा खेलमा सेमिफाइनल प्रवेशका लागि मनाङ हावी भएको थियो। आर्मी र मनाङको पहिलो भेट दोस्रो खप्तड गोल्डकपमा भएको थियो। जसमा आर्मी ३–१ गाले अन्तरले विजयी हुँदै फाइनलको यात्रा तय गरेको थियो। हेटौँडा गोल्डकपमा भएको दोस्रो पटकको भेटमा समेत आर्मी १–० ले विजयी बन्दै फाइनल प्रवेश गरेको थियो।

तेस्रो पटकको भेट झापा गोल्डकपको सेमिफाइनलमा भएको थियो। उक्त खेलमा पनि आर्मीसँग मनाङ १–० ले पराजित भएको थियो। दुई टोलीबीच यसअघिको अन्तिम भेट तिलोतमा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि भएको थियो। जसमा आर्मी ३–० ले पराजित बनेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार