प्लास्टिकको सामाग्रीहरुको सट्टामा पातबाट टपरी बनाएर प्रयोग

रोङ : छिटो र सजिलोको बानी परेको मानबिय स्वभावले बाताबरण र स्वास्थ्यलाइ बिगारी रहेको अवस्थामा रोङ ६ सलकपुमा रहेको जस्केलो होम स्टेले प्लास्टिकको सामाग्रीहरुको सट्टामा पातबाट टपरी बनाएर प्रयोग गर्ने गरेको छ ।

बजारमा सजिलै पाइने प्लास्टिकबाट बनेको सामानहरुको वातावरण र मानब स्वास्थ्यमा क्रमस नकरात्मक प्रबाभ पारिरहेको र नेपाली समाजको मौलिक पन पातबाट बनाइने टपरीहरु समेत लोपहुने अवस्थामा रहेकोले स्थानिय स्तरमा पाइने पातहरुको कलात्मक रुपमा टपरी बनाएर प्रयोग गर्ने गरेको हो । बजारमा पाइने प्लास्टिकबाट बनेको सामानहरु प्रयोग गर्दा भन्दा स्थानिय रुपमा बनाइने टपरीबाट पैसा पनि नबाहिरने र परंपरागत सिपको बिकास र स्वरोजगार हुने भएकोले पनि यस्तो निर्णय लिइएको होमस्टे संचालक समेत रहेको स्थानिय लाखमान ग्रन्दन तामाङले बताए ।

खासगरि तराइ क्षेत्रमा गर्मि बढेको बेलामार सुन्तला र अलैची खेतीको बारेमा अध्ययन गर्न  स्वदेशी र बिदेशी पर्यटकहरुको भिडभाड हुने सलकपुरमा यस बर्ष देखी सामुदायिक रुपमा जस्केलो होम स्टे सिंचालन  गरिएको छ । हालमा कौशिला गोले ,कुमार मोक्तान ,लाखमान ग्रन्दन, किरण तामाङ र मोहन ग्रन्दनको घरमा संचालित होमस्टेमा प्राय स्थानिय खानाहरु र ग्रामिण बसोबासको ब्यवस्था गरिने गरेको छ । स्थानिय परिकार र बसाइको ब्यवस्था गरिएपछि सलकपुरमा बास बस्न आउने पर्यटकरुको समेत बृद्धि भएको स्थानिय बेद बहादुर राइले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार