चन्द्र सूर्य बचत तथा ऋण सहकारीको १७ औं वार्षिक उत्सव सम्पन्न

 युद्धबहादुर बोहोरा

इलाम : चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था फाकफोकथुम-२,इलामको १७ औं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ। संस्थाका अध्यक्ष रामदेव राइको अध्यक्षतामा जनजागरण महिला संघ इलामको अध्यक्ष बिष्णु दाहाल लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा महिलाहरुलाई ‘महिला हिंसा विरुद्ध हाम्रो अभियान’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गराएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः डम्बर कुमारी राई,गंगा माया दियाली र भगिता योङहाङ्गलाई प्रमुख अतिथिले पुरस्कार प्रदान गर्नु भयो। सहकारी स्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरि संस्थालाई उचाईमा पुर्‍याउन अतुलनीय योगदान पुर्‍याउने धनसिं राईलाई समितिले सम्मान गरेको छ।

उनले सभाहल निर्माण गर्न ८ आना जग्गा नि:शुल्क उपलब्ध गराएका थिए।उनी हाल सहकारीका प्रबन्धक छन्। ४ सय साठ्ठी शेयर सदस्य र तीन जना कर्मचारी रहेको यस संस्थाले फाकफोकथुम गाउँपालिका क्षेत्रलाई सेवा दिंदै आएको छ। सहकारीले हाउस वायरिङ, ढाका बुनाइ,सहकारी लेखा व्यवस्थापन , सिलाइ बुनाइ र उन्नतजातका गाई बस्तु पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ। इलाम जिल्लाको उत्कृष्ट सहकारीको रूपमा यस संस्थालाई जिल्ला बचत तथा ऋण सहकारी संघ,महिला जनजागरण संघ,जिल्ला विकास समिति र जिल्ला कृषि सहकारीले सम्मान गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि र जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिला प्रसाद थापाले शुभकामना मन्तव्य राखेका थिए। महिला जनजागरण संघ इलामको उपाध्यक्ष अनुजा शिवाकोटी ,समृद्ध पाहाडका परियोजनाका प्रशिक्षक प्रज्जवल भट्टराई,संस्थाका लेखा,सल्लाहकार,ऋण उप-समिति,शेयर सदस्य र संचालक समिति लगायत २ सयभन्दा बढीको उपस्थित थियो। उक्त कार्यक्रममा उपस्थितलाई सहकारीको नयाँ वर्षको पात्रो वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार