फोनिजको अध्यक्षमा पुन: डण्ड गुरुङ निर्वाचित (नामावली सहित)

नयाँ बुलन्द

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैटौं संघीय महाधिवेशनबाट अध्यक्षमा पुन: डण्ड गुरुङ निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गुरुङलाई निर्विरोध निर्वचित गरेको हो । अधिवेशनले ३६ सदस्यीय संघीय कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट देशभरका ५६ जिल्लाबाट चार सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।

फोनिजमा सूचिकृत ५६ जातिका शेर्पा, तामाङ, गुरुङ, श्रेष्ठ, थारु, मगर, राई, लिम्बु, धामी, लगायत प्रत्रकार सहभागी थिए । त्यस्तै ९८ अल्पसंख्यक जाति भित्रका आदिवासी जनजातिका पत्रकार समेत समेटिएका थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमिति विवरण

  • अध्यक्ष : डण्ड गुरुङ
  • वरिष्ठ उपाध्यक्ष : गजुरधन राई
  • उपाध्यक्ष (खुला) : लक्की चौधरी
  • उपाध्यक्ष (महिला) : देवीका घर्ती मगर
  • महासिचव : मनोज घर्ती मगर
  • सचिव (संगठन) : मिलन लिम्बू
  • सचिव (संस्थागत) : जगतमान लामा दोङ
  • सचिव (अल्पसंख्यक) : कमन देवान
  • कोषाध्यक्ष : अमरध्वज लामा
  • सहकोषाध्यक्ष : अंजना शिल्पाकार
  • संघीय सदस्य : दीपिन राई, प्रदेश इन्चार्ज (१ नम्बर प्रदेश)
  • संघीय सदस्य : नीरज पीठाकोटे, प्रदेश इन्चार्ज (२ नम्बर प्रदेश)
  • संघीय सदस्य : समीर वलामी, प्रदेश इन्चार्ज (३ नम्बर प्रदेश)
  • संघीय सदस्य : हुमबहादुर गुरुङ, प्रदेश इन्चार्ज (४ नम्बर प्रदेश)
  • संघीय सदस्य : देवबहादु पचभैया, प्रदेश इन्चार्ज (५ नम्बर प्रदेश)
  • संघीय सदस्य : अशोक राजी, प्रदेश इन्चार्ज (कर्णाली प्रदेश) :
  • संघीय सदस्य : रामचन्द्र कुश्मी, प्रदेश इन्चार्ज (७ नम्बर प्रदेश)
  • संस्थागत सदस्य : सीतारमा चौधरी (थारु पत्रकार समाज)
  • संस्थागत सदस्य : दीपेन्द्र राई (किरात राई पत्रकार संघ)
  • संस्थागत सदस्य : चन्द्र पन्धाक (लिम्बू पत्रकार संघ)
  • संस्थागत सदस्य : अनिता गुरुङ (तमु गुरुङ सञ्‍चारकर्मी)
  • संस्थागत सदस्य : मनोज घर्ती मगर (नेपाल मगर पत्रकार संघ)
  • संस्थागत सदस्य : नृपेन्द्रलाल श्रेष्ठ (नेवा पत्रकार राष्ट्रीय दवू)
  • संस्थागत सदस्य : विष्णुकुमार तामाङ (तामाङ पत्रकार संघ)
  • संस्थागत सदस्य : फुर्किमा श्रेष्ठ (शेर्पा सञ्चार समूह)
  • खुला सदस्य : केदार मगर (७४ मत)
  • खुला सदस्य : बुद्धवीर वाहिङ तामाङ (७८ मत)
  • खुला सदस्य : राजु चौधरी (७४ मत)
  • खुला सदस्य : विजयबोध लावती (६८ मत)
  • खुला सदस्य : विश्वराम तामाङ (८१ मत)
  • महिला सदस्य : उसा तामाङ (१२७ मत)
  • महिला सदस्य : लक्ष्मी चौधरी (१३९ मत)
  • महिला सदस्य : सन्चु ब्लोन तामाङ (१५८ मत)
  • महिला सदस्य : सरीता श्रेष्ठ (१४१ मत)
  • अल्पसंख्यक सदस्य : ख्याम भुजेल
  • अल्पसंख्यक सदस्य : मिलाकुमारी दरै

त्यसैगरी लेखा समितिका संयोजकमा शाहीमान राई निर्वाचित भएका छन् । सदस्यहरुमा सुन्दर तरामु (खुला) र रामकुमारी श्रेष्ठ रुवी (महिला) निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार