सुनसरीकाे मधुवनमा भीषण अागलागी, ४६ घर नष्ट, दुर्इ घाइते, १२ जनावर मरे

सुनसरी : सुनसरीको बराह नगरपालिका-११ मधुवनमा गएराति भीषण अागलागी हुँदा ४६ घर नष्ट भएका छन् । दुर्इ जना गम्भीर घाइते भएका छन् भने १२ वटा घरपालुवा जनावर जलेर मरेका छन् । घाइते हुनेहरूमा प्रभु सरकार र अमरलाल उराव छन् ।

अागलागीबाट ६० लाख रूपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीमा बस्ती नै सखाप भएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।

बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार