बालागुरु शिवालय धाममा श्रीमद देवीभागवत ज्ञान महायज्ञ प्रारम्भ

नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित धार्मिक तथा पर्यटकीय स्थल बालागुरु शिवालय धाममा श्री शतचण्डी धनधान्ञाचल तथा श्रीमद देवीभागवत ज्ञान महायज्ञ आजबाट प्रारम्भ भएको छ ।

नयाँबजार क्षेत्रको आर्थिक समुन्नति तथा समाज कल्याणका साथै शिवालय धाम परिसरमा यज्ञशाला एवम् अतिथि सदन निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम पुराण आयोजक समितिका अध्यक्ष टेक बहादुर शाहको अध्यक्षता, माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको प्रमुख आथित्यता तथा शिवालय धामका सन्त साधु श्री एकदेव जी महाराजको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले दीप प्रज्ज्वलन गरी गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राईले माइजोगमाई गाउँपालिका स्थित बालागुरुले तपस्या गरेको यस पुण्य भुमीमा यस्तो ठूलो महायज्ञ आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै बालागुरुले त्यस समयमा गरेका कामको प्रशंसापत्र समेत गरे।

नयाँबजारमा बजार बिस्तार गर्ने देखि पाठशाला स्थापना गर्न सम्म बालागुरुको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै हामी सबैले बालागुरुले देखाएको बाटोलाई पछ्याउनु पर्नेमस राईले जोड दिएका छन्। यत्रो महायज्ञ आयोजना गर्न त्यति सजिलो नहुने र यस्तो मांगलिक कार्य गर्ने निश्चय गरेकोमा मन्दिरका सन्त साधु श्री एकदेव जी महाराज प्रति विशेष आभार व्यक्त गर्दै यस मांगलिक कार्यले विभिन्न जात, धर्म सम्प्रदायलाई एकजुट बनाएर लैजान्छ भन्ने अपेक्षा समेत व्यक्त गरे।

त्यस्तै बालागुरु शिवालय धाममा उपस्थिति भक्तजनहरूलाई सम्बोधन गर्दै सन्त साधु श्री एकदेव जी महाराजले एक अर्काको खुट्टा तान्ने खेलको अन्त्य गरेर भएका स्रोतको सदुपयोग गर्न सके यस्ता थुप्रै कामहरु गर्न सकिने र जसले यस क्षेत्रको आर्थिक, धार्मिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकास गर्न सकिने बताए ।

यस महयज्ञले सबैको कल्याण गर्ने र सद्बुद्धि प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै यस क्षेत्रको विकासमा आफू पहिल्यै देखि लागि परेको र सबैको साथ पाए अझै पनि सक्रिय रुपमा लाग्ने बताए। साथै लोक कल्याणको कामना गर्दै दुःख कष्ट नास होस भनि प्रार्थनाको समेत गरे।

महायज्ञ आगामी चैत्र ११ अर्थात रामनवमीका दिन समपन्न हुने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार