साङ्गेछोलिङ्ग गुम्बाको स्तूप उद्घाटन

नरेन इलामेली

माइजोगमाई : इलामको धार्मिक तथा पर्यटकीय स्थल माइजोगमाई १ नयाँबजार स्थित पलयुङ‌ साङ्गेछोलिङ्ग गुम्बाको स्तूप एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

एतिहासिक रुपमा रहेको सो स्तूप आधुनिक डिजाइनका पुनर्निर्माण गरिएको डम्बर निरौलाले बताए । स्तुप प्रख्यात बौध धर्मगुरु खेम्पो साङ्गे रङजुङ रिम्पोचेले उद्घाटन गरेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने सो गुम्बाले बौध धर्म तथा पर्यटन प्रबर्द्धन गर्ने समेत गुम्बा व्यवस्थापन समितिको भनाई रहेको छ ।

साथै शुक्रबार हुने बृहत सांस्कृतिक कार्यक्रममा बरिष्ठ लोक गायक इन्द्र गुरुङ, नवगायक निमा शेर्पा तथा उद्घोषक फुर्किमा शेर्पाको साथमा हुने र वाङ (अभिशेक) को कार्यक्रम रहेकाले सबैलाई उपस्थिति भइदिए गुम्बा व्यवस्थापन समितिले अनुरोध समेत गरेको निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार