नयाँ बुलन्द
इलाम : किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरीशनिश्चरे मोरङको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनले पर्शुराम चोङ्बाङको नेतृत्वमा १३ सदस्यीय शाखा समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सुमन वनेम, सचिबमा प्रेम बहादुर पयाङ्गो, सहसचिवमा मौसम नेम्बाङ, कोषाध्यक्षमा दुर्गादेबी लिम्बू छ्न् ।
सदस्यहरूमा सुमित्रा थाङ्देन, मान प्रसाद चोङ्बाङ, खोमा लिम्बू, गङ्गामाया सावा, सुरन्ता कान्दङ्वा, दल बहादुर थाङ्देन,लोक बहादुर सावदेन छ्न् ।
अधिबेशनमा चुम्लुङ्का केन्द्रिय सदस्य खिम माया लिम्बू, नगरपालिकाका प्रमुख किशोर राई, रास्ट्रीय परिसद सदस्य फिपराज बेघा, पुर्ब जिल्ला सचिब प्रेम वनेम, लिम्बू विद्यार्थी मन्च मोरङ का अध्यक्ष इन्द्र चोङ्बाङलगायतले सम्बोधन गरेका थिए ।