यज्ञसद्वारा लिखित ‘भुइयाँ’ माथि विमर्श हुदैँ

नयाँ बुलन्द

इलाम : यज्ञसद्वारा लिखित भुइँमान्छेहरुको कथा कृति ‘भुइयाँ’ माथि विमर्श कार्यक्रम बिहीबार इलाममा हुने भएको छ ।

‘फरक आयाम’ नामक संस्कोथाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १२ बजेदेखि सो कृतिमाथि विमर्श कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताका रुपमा मुनाराज शेर्मा, राजेन्द्र बराल र लेखक यज्ञस रहनेछन् ।

कार्यक्रमका सहजकर्ताका रुपमा प्रकाश थाम्सुहाङ रहनेछन् ।

गतवर्ष स्थापित ‘फरक आयाम’ ले जिल्लामा विभिन्न साहित्यक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार