नयाँ बुलन्द
झापा : झापाको कमल गाउँपालिका–५ स्थित सशक्तिकरण महिला वचत तथा ऋण सहकारी संस्थाको शनिवार चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नीय मंगगलमय माविको हलमा आयोजना गरिएको साधारणसभामा संस्थाकी अध्यक्ष नरमाया तामाङले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिकी संयोजक कुमारी लिम्बुले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । दुवै प्रतिवेदन संस्थाको बन्द सत्रले सुझावसहित पारित गरिएको संस्थाकी सचिव दिलु वराईलीले जानकारी दिइन् ।
साधारणसभाको उद्घाटनमा संस्थामा नियमित बचत गर्ने तथा उत्कृष्ट कारोबार गर्ने २ दर्जन शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संघका पूर्व जिल्ला उपाध्यक्ष बलराम गजुरेल, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष उषा भण्डारी, मंगलमय माविका प्रधानाध्यापक मोहन बगाले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।