नयाँ बुलन्द
लक्ष्मीपुर : सूर्य लाइफ इन्स्योरेन्स कम्पनि इलाम शाखाले मृत्युदावी अन्तरगतको एक लाख २४ हजार तीन सय रुपैयाँ सुर्योदय नगरपालिका १३ (साबिक लक्ष्मीपुर ९) मा प्रदान गरेको छ ।
सुर्योदय नगरपालिका १३ लक्ष्मीपुर पोखरीका स्वर्गीय ताराचन्द्र कट्टेलको जीवन बिमा वापतको रकम एक कार्यक्रम गरी वरिष्ठ पत्रकार केदार शर्माले मृतकका बाबु ठबिराज कट्टेललाई हस्तान्तरण गरे ।
मृत्यु दाबी अन्तरगको रकम हस्तान्तरण गर्दै पत्रकार शर्माले आधुनिक जीवनको एउटा महत्वपुर्ण अंग भएकाले बेलैमा सबैले जीवन बीमा गर्नुपर्ने बताए ।
सुर्य लाइफ इन्स्योरेन्समा एक लाखको बीमा गरेका ताराचन्द्र कट्टेलको केही समयअघि मृत्यू भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख लक्ष्मी मिश्र, रकम प्राप्त गर्ने ठबिराज कट्टेल स्थानिय पत्रकार बिष्णु भट्टराई, प्रेम आचार्य लगायतले बोलेका थिए ।