स्थानीय तहको निर्वाचन सकिएको लगभग एक महिना भएको छ । जनप्रतिनीधीहरु जनताको काम गर्न आतुर देखिन्छन् । २० वर्ष पछि भएको स्थानीय निर्वाचन हेर्दा साँच्चिनै यो देशमा परिवर्तन भएको झैं देखिन्छ । जनताको सहभागितालाई हेर्दा राजधानी काठमाडौं केन्द्रित शासन शक्तिबाट नेपाली जनता वाक्कदिक्क भएको आभास पाईन्छ । सिंहदरबार घरमा पाईन्छ झैं खुसी देखिन्छ । सिंहदरबारको शासन प्रणाली नेपाली राजनीतिक पार्टीका नेताले जनतालाई दिनुपर्ने हो नदिएको महशुस हुन्छ ।
प्रजातान्त्र आयो भन्न नाम मात्र हो भन्ने महसुस भएको छ ।प्रजातन्त्र भन्नाले by the people for tha people to the people ´भन्ने हो । तर त्यो देखिदैंन नेपालमा । त्यसैले स्थानीय निर्वाचनलाई जनताले महत्वका साथ हेरेको पाईन्छ । स्थानीय निर्वाचनमा प्रतिस्पर्धा धेरै राजनीतिक पार्टीले गरेको छन् । प्रतिस्पर्धामध्ये एकले जितेका छन् त धेरैले हारेको छन् । हार जितको लडाईमा लागेको दलमध्ये हार्नेहरु समीक्षा गर्दै र जित्नेहरु हर्कबडाई जुलुस, पार्टी, भोज, भतेर गरिरहको छन् ।
संविधान कार्यनयन गर्न स्थानीय चुनाव अन्तिम विकल्पको रुपमा अगाडि सारेको पाईन्छ । यसबीच दलहरू दुई ध्रुवमा बाँडिएको पाईन्छ । संविधान संशोधन र संशोधनको विपक्षमा राजनीतिक ध्रुवीकरणमा देखीएका छन् । स्थानीय चुनावमा दलहरूले दुई खाले मुद्धा जनताको माझमा जोडदार रुपमा अगाडि सारेर प्रतिस्पर्धामा अगाडि आए । राजनीतिक ध्रुव पनि यसरी बड्यो ।
संघीयता, पहिचान र संविधान संशोधनका पक्ष र विपक्षी दलहरुबीच चर्को ध्रुवीकरण देखियो । यस बीचमा जनतामा भ्रम फैलाइएको पाईन्छ । भ्रमले जितेको छ । जसले आज नेपाली समाज परिवर्तन र संविधान संशोधन गर्न नचाहानेको जित भएको छ । नेपाली जनतालाइ भ्रम, संविधान संशोधन नेपाली जनताको हितमा नरहेको यो खाली निराधार कुरा हो भन्ने, भारतले उठाएका हुन्, नेपाली राजनीतिमा भारतलाई खेल्ने ठाउँ दिदै संविधान संशोधनको मुद्धा उठाएर देशलाई निकासबाट भ्रम फैलाउन अग्रसर भएको पाईन्छ ।
संविधान संशोधन आदिवासी जनजाती, मधेशी, मुस्लिम, दलित, महिलाहरुको अधिकार सम्बन्धी हो । तर यहाँ संविधान संशोधन नेपाली जनतालाई फाईदा छैन, जुन संघीय समाजवादी फोरम, राजपा, पहिचान र संघीय पक्षधरले उठाएका कुरालाई भारतको एजेन्डा हो भन्ने, जायज कुरालाई संविधान संशोधन गर्न त कहाँ हो कहाँ यो देशलाई घातक छ, यो देशलाई टुक्राटुक्रा पर्नलाई माग हो भनेर एक पक्षले भ्रमको हल्ला चलाए ।
यसले गर्दा जस्ले भ्रमको खेती गरे उसैको हातमा परिणाम परेको छ । स्थानीय निर्वाचन दुईटाको परिणामलाई अहिले जित र हारको नतिजा लिएर राष्ट्रिय दैनिक पत्रिकाहरुमा बडो मज्जाले लेखेको पाईन्छ । कतै संघीय गणतन्त्र नेपालमा उठेका धर्मनिरपेक्षता, पहिचान, जातीय उत्पिडन मुक्ति, भाषिक समानता, सांस्कृतीक एकता जस्ता कुरा देशको नयां संविधानमा संशोधन गरेर देशको निकास हुन्छ भन्नको हार हुँदा देशको विपक्षको रुपमा उभ्याएर खलनायक बनाउनु न्यायोचित नहोला ।
तथापी संविधान संशोधन पक्षको हार र विपक्षको जित भएको पाईन्छ । त्यसैले पहिचान र संघीय पक्षधरलाई गहिरो चोट र प्रस्न खडा भएको छ । नेपालमा संघीय गणतन्त्र आउनु भनेको , बयल गाडामा चडेर अमेरीका पुग्नु हो भन्ने, , संविधान संशोधन हुनै दिन्न भन्दै कुर्लनेहरुको लागि संघीय गणतन्त्र नेपालको स्थानीय चुनावमा बडी मत खसेको छ । देशको निकास के यही हो त ? जुन संविधान संशोधनका पक्षमा रहेकाहरुलाई बाहिर राखेर देश एकलौटी रुपमा अधिकार प्राप्तिको आन्दोलनमा सधै लड्नेहरुको अधिकार प्राप्ति नहुने अनि संविधान कार्यान्यन भएमा हुन्छ भन्नेको जित र संविधान संशोधनको पक्षलाई अधिकार नदीइ संविधान कार्यानयन नै अहिलेको प्राथमिकता हो भनेर भ्रम छरिरहेको छ । यसको जित भएको झट्ट हेर्दा देखिन्छ ।
स्थानीय चुनामा बैचारिक रुपमा भन्दा पनि शक्ति, सत्ता, सम्पती र भ्रमको खेतीले जितेको छ । पहिलो भ्रम संशोधन प्रस्ताव भारतको दिल्लीले गर्दैछ भन्दै यो राष्ट्रघाती भन्दै गलत प्रचारप्रचार आदिवासी जनजाती, मधेशी, मुस्लीम, महिला, दलित लगायतको अधिकारको आन्दोलन निराधार, देश टुक्रा पार्ने खेल भएको, मधेशको अन्दोलन मधेश प्रदेश दिदा भारतसँग गाभिन्छ, मधेशीलाई अधिकार दिनुहुदैन दियो भने देश सखाप हुन्छ जस्ता भ्रम जनताको घरघरमा खोक्रो राष्ट्रवादको नारा लगाएर जनताको मत हात पारेकाहरुले यतिखेर संविधान संशोधनका पक्षमा उभिएका नेपाली कांग्रेस, माआवादी, संघिय समाजवादी फोरम राजपा संघीय पक्षधरहरुलाई निराधार रुपमा भारतीय एजेन्ड दलालहरु हो यस्ता खालका भ्रामक प्रचार गरी सोझासीधा जनलाई भुलभुलैयामा पारी नानाथरी आसवासनहरु बाँडेर नेपालमा सही विचारलाई आझेलमा पर्दै दिगभ्रम छरेर परिवर्तनको पक्षमा उभिएकालाई आझेलमा पारेर सत्य कुरालाई आरोप लगाएको पाईन्छ ।
देशमा जसले सम्पूर्ण नेपालिको एकता चाहेको छ । त्यही शक्ति अहिले जनताको पक्षमा लड्नु भुल झैं मत परिणामले देखाएको छ । आदिवाशी जनजाति, मधेशी, मुस्लिम, दलित, महिलाको हितमा हिमाल, पाहाड, तराईबीच मिलेर देशको निकास दिनुपर्छ भन्ने उत्तम विचार बोकेको दलको हार भएको छ । परिवर्तनका आवाजहरु भ्रमका खेतीले निरुत्साहित पर्दै भ्रमहरु चुलिएको पाईन्छ । परिवर्तनहरु बिस्तारै बिस्तारै हुन्छ । चाडैं चाहिन्छ चाडै हुन्छ भन्नू भुल हुन्छ ।
नेपाली जनताले नियालेर हेरीरहेका छन् । यो जित जनताको हितमा छ या नेताको हितमा छ । जनता सचेत रुपमा नियालीरहेका छन् जुन कुराहरु घरदैलोमा दिन्छौं भनेका थिए । सबै उमेरद्वारमध्ये म नै राम्रो छु, दुखसुखमा साथ दिन्छु भन्नेलाइ जन्ताले भोट हालेका छन् केही आाशाको साथ । ती आशाहरु नटुटोस् ।
एक थरी जनता आज पनि अधिकारविहीन छ । हाम्रो अधिकार संविधान संशोधन गरेर अधिकारको प्रत्याभूती गराउनुहोला भन्दै आन्दोलनमा छ । त्यसैले आजको आवस्यकता देशको निकास संविधान संशोधन नै हो । पुरानो शासन व्यस्थालाई अन्त्य गरी जनताको अधिकार जन्तालाई दिनुपर्छ भन्नेहरु पनि निरास देखिन्छन् । हाम्रो भन्दा राम्रोलाई जिताउनुपर्छ भन्दै बडो ईमान्दार भएको पाईन्छ । तर यही अर्को थरी यथास्थितीवादी, सामन्ती चिन्तन, सामन्तवादी संरचना, सम्भ्रान्त वर्ग, अतीवादीहरुको चलाख्यईले हार र जितको निर्णय लिएको छ । यो अहिलेको मत परिणामले देखाएको छ ।
देशमा अहिले बडो हल्ला गाउँगाउँमा सिंहदरवार आाएको भन्ने छ । जसको जित र जसको हार भएपनि जनताकौ र देशको लागि काम चाहिएको छ । संघीयता, गणातन्त्र र नेपालको नयां संविधान २०७२ लाई कार्यान्यन गर्न संविधान संशोधन गरि यो संविधान नेपाली जनता सबैको भन्ने महसुस गरी देशलाई निकास नै उतम विकल्प हो । संविधान कार्यानयन भन्दै भ्रामक प्रचार गरी आधा नेपालीलाई संविधान विरोधी बनाएर अधिकार, न्याय खोज्ने जनतालाई दमन गरेर अघि बढ्नु राम्रो होईन । अधिकार माग्नेलाई अधिकार दिएर देश र जनताको हित हुने गरी संविधान कार्यानयन गर्दा राम्रो ।
अहिले हार्नेले समिक्षा गर्दै छन् जित्ने भोज खाईरहेका छन् । हार्नेले भन्दा जित्नेले समिक्षा गरेर अगाडि बढ्दा राम्रो होला । भ्रमहरु कति टिक्छन् र नेपाली जनताले टिकाउँछ भन्ने कुरा नवनिर्वाचित जन प्रतिनीधिको काममा भर पर्दछ । जनता हिजोका होईन आजका हुन् । सत्य कहिले भ्रमबाट हार्दैन । सत्यको जित अवस्य छ । ढिलो चाँडो मात्र हो । उम्लिदा पोखिन्छ । बिस्तारै बिस्तारै न अतालिकन प्रतिक्षा गरि रहँदा राम्रो हुन्छ । प्रतिक्षाको फल मीठो हुन्छ । अधिकार प्रप्तीका नाराहरु हारेको छैन । जन्मदै मात्र छ । बाल्यकाल मै छ । युवा अवस्थामा पुग्दा अहिले उठेका मागहरु पूरा हुन्छन् । पूरा नभएमा यो देशमा फेरि ठूलो दुर्घटना नहोला भन्न सकिन्न । त्यसैले राम्रोलाई राम्रो, नराम्रो लाई नराम्रो भन्नुपर्छ । भ्रम कहिले टिक्दैन । सत्यले सधैं जित्दछ । त्यसैले सत्यको वकालत गर्दा राम्रो होला ।
(लेखक समाजवादी विद्यार्थी फाेरम, नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख हुन्)