जामुनखाडीको आम्दानी २ करोड

झापा : चर्चित पर्यटकीयस्थल जामुनखाडीमा यस आर्थिक वर्षमा २ करोड २८ लाख रूपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष ०७३/०७४ मा त्यहाँ २ लाख ३९ हजार बढी पर्यटकले भम्रण गर्दा टिकट बिक्रीबाट यतिका आम्दानी भएको हो ।
जामुनखाडीमा नेपालका विभिन्न जिल्ला र भारतका सिक्किम र बेस्ट बंगालबाट पर्यटक आउने गरेका छन् । खासगरी त्यहाँ दुर्लभ वन्यजन्तुहरूको अवलोकन, नौका विहार र वनभोजका लागि पर्यटक पुग्ने गरेका छन् ।

विशेष गरी मंसिर, पुस र माघ महिनामा धेरै पर्यटक आउने जामुनखाडीमा अफ सिजनको चालु असार महिनामा पनि ११ हजार ४ सयले भ्रमण गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव मिलन चौहानले जानकारी दिए ।

जामुनखाडी सामुदायिक वनको पाँच ब्लकमध्ये एक ब्लगमा रहेको पर्यटकीय क्षेत्रले २६ दशमलव ५४ हेक्टर क्षेत्र ओगटेको छ । आगामी दिनमा त्यहाँ स्विमिङ पुल र भ्युटावर बनाउने योजना रहेको कार्यालय सचिव चौहानले बताए । ‘नयाँ समिति निर्माणको चरणमा छ, नयाँ समिति आएपछि नयाँ निर्णय त पक्कै गर्छ । तर, अब चाँडै नै स्विमिङ पुल र भ्यु टावर बनाउने योजना छ’, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार