गोविन्द लामिछाने
इलाम : फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजा अनुसार एमाले वडाध्यक्षका उम्मेद्वार हरिप्रसाद दंगाली ८७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका बलिराम चम्लागाईंले ७०७ मत प्राप्त गरे ।
सो वडाको महिला सदस्यमा एमालेकी कविता राई (९३२ मत), दलित महिला सदस्यमा नरमाया कामी (९०५ मत), खुल्ला सदस्यहरूमा इन्द्रकुमार नेम्वाङ (८८४ मत) र जीवन बलम्पाकी (८९६ मत) विजयी भएका छन् ।
यसैगरी फाकफोथुम गाउँपालिकामा ४५५६ मत गणना भईसक्दा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा रामकुमार श्रेष्ठ ११५ मतान्तरका साथ अग्रस्थानमा छन् । श्रेष्ठले ३४८१ र उपाध्यक्षमा विष्टले ३२८१ मत ल्याएका छन् ।
यसैगरी नेकपा एमाले अध्यक्ष दिपेन्द्र खनालले ३३६६ र सरस्वती राईले उपाध्यक्षमा ३६६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।