नयाँ आदेश अदालतद्वारा रद्द: ट्रम्पलाई अर्को झट्का

न्युयोर्क : अमेरिकाको हवाइ राज्यको संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाउनेगरी जारी गरेको नयाँ यात्रा आदेश रद्द गरेको छ ।

ट्रम्पले मुस्लिम बहुल सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेगरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी आदेशका विरुद्धमा अदालतले फैसला गरेको हो । न्यायाधीश डेरिक वाट्सनले ट्रम्पको आदेश कार्यान्वयन नगर्न आदेश दिएको अन्तर्रा्ष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

विभिन्न ६ देशका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्धमा ट्रम्पले आदेश जारी गरेका थिए । आदेशमा शरणार्थीलाई चार महिनासम्म अमेरिका प्रवेशमा रोक लगाइएको थियो । ट्रम्पको पछिल्लो आदेश बिहीबारदेखि लागु हुनुपर्ने थियो। आदेशविरुद्ध अरु राज्यमा पनि मुद्दा परेको छ । यसअघि जनवरीमा सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको आदेश संघीय अदालतले खारेज गरेको थिया ।

पहिलेकै आदेशमा इराकलाई हटाएर उनले नयाँ आदेश जारी गरेका थिए । अमेरिकामा सुरक्षा खतरा बढेकाले विभिन्न ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको ट्रम्प प्रशासनले जनाएको छ । अदालतको निर्णयपछि ट्रम्प अप्ठयारोमा परेका छन् ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार