सुजता सुनुवार
इलाम : आदिवासी जनजाति युवा महासंघ इलामको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले पूर्ण राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षद्वयमा सुसन बम्जन तामाङ्ग र प्रविन सुनुवार, सचिवद्वयमा सन्तोष लिम्बू र इस्मायल राई, सहसचिवमा अनिता मगर र कोषाध्यक्षमा सञ्जिका थामी चयन भएका छन् ।
सदस्यहरुमा कृष्ण श्रेष्ठ, जीवन थामी, अर्जुन मगर र हुकुम थामी चयन भएका छन् ।
समितिमा सहभागी नभएका प्रत्येक जातिय संस्थाका प्रतिनिधिलाई आगामी बैठकमा सहभागी गराउने नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए ।
युवा महासंघका निवर्तमान अध्यक्ष संगीता थामीको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष राम राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रिय महासचिव सुदर्शन चौधरी, नपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष किरण सुनुवार, आदीवासी जनजाति महिला महासंघका सचिव देवी सुनुवार, किरात राई यायोख्खाका प्रविना राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।