गाउँ र नगरपालिका कुन जिल्लामा कति ?

प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउँदै स्थानीय तह पुनर्संंरचना आयोगका पदाधिकारी

देशभर ७१९ स्थानीय तह, प्रतिवेदन राजपत्रमा प्रकाशित भएपछि स्थानीय निकाय स्वतः विघटन

योगेश ढकाल

काठमाडौं : अब स्थानीय निकायको हैसियत के हुन्छ ?

स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।

आयोगको प्रतिवेदनपछि स्थानीय निकायको निर्वाचन भएमा निर्वाचित पदाधिकारी भूगोलविनाका हुनेछन् । ‘स्थानीय पुनर्संरचना आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरी प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ र त्यसपछि स्वतः कार्यान्वयनमा जाने भएकाले स्थानीय निकाय रहँदैन,’ आयोग सदस्य सुनीलरञ्जन सिंहले भने । उनका अनुसार त्यस्तो अवस्थामा स्थानीय निकायको निर्वाचन भए पनि ती पदाधिकारी भूगोलविनाका हुनेछन् ।

निर्वाचन नभए राष्ट्रिय सभा गठनमा समस्या

सरकारले स्थानीय तहको निर्वाचन नगरी स्थानीय निकायको निर्वाचन गरेमा राष्ट्रिय सभा गठन गर्न समस्या हुनेछ । संविधानको धारा ८६ को उपधारा २ को ‘क’ मा राष्ट्रिय सभाका सदस्यको निर्वाचमा स्थानीय तहअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । साथै, राष्ट्रिय सभा गठन नभए संघीय संसद् पूर्ण हुनेछैन । संघीय संसद् र प्रदेश सभाका सदस्यको राष्ट्रपति निर्वाचित गर्न पनि समस्या हुनेछ । संविधानको धारा ६२ अनुसार राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

छलफलमा ५० हजार जनताको सहभागिता

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार प्रतिवेदन तयार गर्ने क्रममा देशभरिका करिब ५० हजार नागरिकसँग अन्तक्र्रिया गरिएको थियो । ७५ वटै जिल्लामा गठित जिल्ला प्राविधिक समन्वय समितिले सुझावका लागि अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

१७१८ पृष्ठको प्रतिवेदन

आयोगले तयार गरेको स्थानीय तहसम्बन्धी प्रतिवेदन एक हजार ७ सय १८ पृष्ठको छ । सात सय १९ वटा स्थानीय तहको नक्सासहितको प्रतिवेदन तयार गरिएको छ । नीलो रङको गाताले ढाकिएको प्रतिवेदन नेपाली कागजमा तयार छ ।

प्रतिवेदन १६ भागको

आयोगले तयार गरेको प्रतिवेदन १६ भागमा विभाजित छ । प्रतिवेदन एउटै पुस्तकाकारका रूपमा तयार गर्दा धेरै ठूलो हुने भएकाले आयोगले प्रतिवेदनलाई १६ भागमा विभाजन गरी तयार गरिएको पौडेलले बताए । एक भागलाई एउटा पुस्तकाकार रूप दिइएको छ ।

१८ भौगर्भिक सूचना प्रणालीका प्राविधिक

आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्नेक्रममा १८ जना भौगर्भिक सूचना प्रणाली इन्जिनियरलाई सहभागी गराएको थियो । भूमिसुधार मन्त्रालयअन्तर्गतको नापी विभागसँग नयाँ नापनक्सा नभएका कारण आयोगले आफैँ प्राविधिक सहभागी गराएर अध्ययन गरेको हो ।

काठमाडौंभन्दा पोखरा ठूलो महानगर

आयोगले तयार गरेको प्रतिवेदनअनुसार काठमाडौं महानगरभन्दा कास्कीको पोखरा महानगर ठूलो भएको छ । काठमाडौं महानगरमा ३२ र पोखरामा ३३ वटा वडा छन् । स्थानीय निकाय कायम रहँदा काठमाडौं महानगरमा ३५ वडा छन् । चितवनको भरतपुर र ललितपुर महानगरमा २९ वडा छन् ।

दुई जिल्ला गाउँपालिकाविहीन

काठमाडौं र भक्तपुर जिल्लामा गाउँपालिका छैनन् । भक्तपुरमा चारवटा नगरपालिका छन् । काठमाडौंमा आठवटा नगरपालिका र एउटा महानगरपालिका छन् । विद्यमान संरचनामा पनि यी जिल्ला गाउँ विकास समितिविहीन भएका छन् ।

एक सदस्यको फरक मत

आयोगका सदस्य सुनीलरञ्जन सिंहले प्रतिवेदनमा फरक मत राखेका छन् । प्रतिवेदनमा फरक मतसहित हस्ताक्षर गरेका सिंहले पाँचवटा बुँदामा असहमति जनाएका हुन् । ४ कात्तिकको स्थानीय तहको पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्तमा सिंहले असहमति जनाएका हुन् । सोही कार्यसर्तअनुसार काम अगाडि बढाइ गाउँपालिका र नगरपालिका, संरक्षित, विशेष र स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गरेकोप्रति उनको असहमति छ ।

त्यसैगरी, सिंहले गाउँपालिका र नगरपालिकाको संख्या तराई मधेस र थरुहट क्षेत्रमा जनसंख्याका आधारमा निर्धारण नगरिएकोप्रति पनि असहमति जनाएका छन् । पहिले तराईमा स्थानीय निकाय ३१ प्रतिशत पर्दथे भने अहिले स्थानीय तहको संख्या ३५ प्रतिशत पुगेको छ । तराई मधेस र थरुहट पहाडी क्षेत्रका केही जिल्लाका गाउँपालिका र नगरपालिकाका पहाडी जिल्लाको मापदण्डअनुसार नगरिएको र विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण नभएको र २ नम्बर प्रदेशको संख्याप्रति पनि उनको असहमति छ ।

गाउँ र नगरपालिका कुन जिल्लामा कति ?

1

2

सुनसरी : १२

उपमहानगरपालिका (२) : इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका

नगरपालिका (४) :  इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका

गाउँपालिका (६) : देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका

बारा : १३

उपमहानगरपालिका (१) :  सिमरा जितपुर उपमहानगरपालिका

नगरपालिका (५) : कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका

गाउँपालिका (७)  : देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका

पर्सा : ११

उपमहानगरपालिका (१) : वीरगन्ज उपमहानगरपालिका

नगरपालिका (१) : पोखरिया नगरपालिका

गाउँपालिका (९) : जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका

रौतहट : १५

नगरपालिका (३) : चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका

गाउँपालिका (१२) : भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका

सप्तरी : १२

नगरपालिका (६) : पातो नगरपालिका, सप्तकोशी कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन

गाउँपालिका (६) : सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका

महोत्तरी: १३

नगरपालिका (३) : बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका

गाउँपालिका (१०) : सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका,  बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका,   एकडारा गाउँपालिका

धनुषा : १३

उपमहानगरपालिका (१) : जनकपुर उपमहानगरपालिका

नगरपालिका (८) : गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, नगराइन नगरपालिका

गाउँपालिका (४) : जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका,  हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका

सर्लाही : १६

नगरपालिका (८) : हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका

गाउँपालिका (८) : कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका,    धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका

सिरहा : १२

नगरपालिका (६) : गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका

गाउँपालिका (६) : औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका

भक्तपुर : ४

नगरपालिका (४) : चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका

रामेछाप :

नगरपालिका (२) : मन्थली नगरपालिका, रामेछाप नगरपालिका

गाउँपालिका (६) : उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका

सिन्धुपाल्चोक : १२

नगरपालिका (३) : चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका

गाउँपालिका (९) : इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका

सिन्धुली : ९

नगरपालिका (२) : कमलामाई नगरपालिका, दुधौली नगरपालिका

गाउँपालिका (७) : गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका

काभ्रेपलान्चोक : १३

नगरपालिका (६) : धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन नगरपालिका

गाउँपालिका (७) : खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका

दोलखा : ९

नगरपालिका (२) : जिरी नगरपालिका, भीमेश्वर नगरपालिका

गाउँपालिका (७) : कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका

धादिङ : १३

नगरपालिका (२) : धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका

गाउँपालिका (११) : खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका

रसुवा : ५

गाउँपालिका (५) : उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका

काठमाडौं : ९

महानगरपालिका (१) : काठमाडौं महानगरपालिका

नगरपालिका (८) : कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका

नुवाकोट : १२

नगरपालिका (२) : विदुर नगरपालिका, ककनी नगरपालिका

गाउँपालिका (१०) : किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका

चितवन : ७

महानगरपालिका (१) : भरतपुर महानगरपालिका

नगरपालिका (५) : कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका

गाउँपालिका (१) : इच्छाकामना गाउँपालिका

मकवानपुर : १०

उपमहानगरपालिका (१) : हेटौँडा उपमहानगरपालिका

नगरपालिका (१) : थाहा नगरपालिका

गाउँपालिका (८) : इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका

ललितपुर : ६

महानगरपालिका (१) : ललितपुर महानगरपालिका

नगरपालिका (२) : गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका

गाउँपालिका (३) : कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका

बाग्लुङ : ९

नगरपालिका (४) : गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका

गाउँपालिका (५) : काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका

गोरखा : ११

नगरपालिका (२) : गोरखा नगरपालिका, पालुङटार नगरपालिका

गाउँपालिका (९) : आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका

कास्की : ५ महानगरपालिका (१) : पोखरा लेखनाथ महानगरपालिका

गाउँपालिका (४) : अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका

लमजुङ :

नगरपालिका (४) : बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका

गाउँपालिका (४) : क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका

मनाङ : ३

गाउँपालिका (३) : चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका

मुस्ताङ : ५

गाउँपालिका (५) : घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

म्याग्दी : ६

नगरपालिका (१) : बेनी नगरपालिका

गाउँपालिका (५) : अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा  गाउँपालिका

नवलपरासी : १५

नगरपालिका (७) : कावासोती नगरपालिका नगरपालिका,  गैँडाकोट नगरपालिका,  देवचुली नगरपालिका,  बर्दघाट नगरपालिका,  मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका,  सुनवल नगरपालिका

गाउँपालिका (८) : त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका

पर्वत : ७

नगरपालिका (२) : कुस्मा नगरपालिका, फलेवास नगरपालिका

गाउँपालिका (५) : जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका

स्याङ्जा : ११

नगरपालिका (५) : गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका

गाउँपालिका (६) : अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका

तनहुँ : १०

नगरपालिका (४) : भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका

गाउँपालिका (६) : आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका

रूपन्देही : १६

उपमहानगरपालिका (१) : बुटवल उपमहानगरपालिका

नगरपालिका (५) : देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका

गाउँपालिका (१०) : गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका

कपिलवस्तु : १०

नगरपालिका (६) : कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका

गाउँपालिका (४) : मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका

पाल्पा : १०

नगरपालिका (२) : रामपुर नगरपालिका, तानसेन नगरपालिका

गाउँपालिका (८) : निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका

अर्घाखाँची : ६

नगरपालिका (३) : सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका गाउँपालिका (३) : छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका

गुल्मी : १२

नगरपालिका (२) : मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका

गाउँपालिका (१०) : कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका

रोल्पा : १०

नगरपालिका (१) : रोल्पा नगरपालिका

गाउँपालिका (९) : त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका

प्युठान : ९

नगरपालिका (२) : प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका

गाउँपालिका (७) : गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका

दाङ : १०

उपमहानगरपालिका (२) : तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका नगरपालिका (१) : लमही नगरपालिका,

गाउँपालिका (७) : बंगलाचुली गाउँपालिका,     दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका

बाँके : ८

उपमहानगरपालिका (१) : नेपालगन्ज उपमहानगरपालिका

नगरपालिका (१) : कोहलपुर नगरपालिका

गाउँपालिका (६) :  नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका

बर्दिया : ८

नगरपालिका (६) : गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका

गाउँपालिका (२) : बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका

रुकुम : ९

नगरपालिका (३) : मुसिकोट नगरपालिका,  चौरजहारी  नगरपालिका, आठबिसकोट  नगरपालिका

गाउँपालिका (६) : पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका

सल्यान : १०

नगरपालिका (३) : शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका गाउँपालिका (७) : कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका

डोल्पा : ८

नगरपालिका (२) : ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका

गाउँपालिका (६) : डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका

जुम्ला : ८

नगरपालिका (१) : चन्दननाथ नगरपालिका

गाउँपालिका (७) : कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका

मुगु : ४

नगरपालिका (१) : छायानाथ रारा नगरपालिका

गाउँपालिका (३) : मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका

हुम्ला : ७

गाउँपालिका (७) : सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका

कालिकोट : ९

नगरपालिका (३) : खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका

गाउँपालिका (६) : पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका

जाजरकोट : ७

नगरपालिका (३) : भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका गाउँपालिका (४) : बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका

दैेलेख : ११

नगरपालिका (४) : नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका

गाउँपालिका (७) : भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका,  ठाँटीकाँध गाउँपालिका

सुर्खेत : ९

नगरपालिका (५) : वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका

गाउँपालिका (४) : चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका

बाजुरा : ९

नगरपालिका (४) : बडीमालिका नगरपालिका,  त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका

गाउँपालिका (५) :  गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका

डोटी : ९

नगरपालिका (२) : दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका

गाउँपालिका (७) : पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका

अछाम : १०

नगरपालिका (४) : मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका

गाउँपालिका (६) : चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका

दार्चुला : ९

नगरपालिका (३) : महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका गाउँपालिका (६) : अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका

बैतडी : १०

नगरपालिका (४) : दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका

गाउँपालिका (६) : सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका

डडेल्धुरा : ७

नगरपालिका (२) : अमरगढी नगरपालिका, परशुराम नगरपालिका

गाउँपालिका (५) : आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका

कञ्चनपुर : ९

नगरपालिका (७) : भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका गाउँपालिका (२) : बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका

कैलाली : १३

उपमहानगरपालिका (१) : धनगढी उपमहानगरपालिका

नगरपालिका (६) : टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका

गाउँपालिका (६) : जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका

बझाङ : ११

नगरपालिका (२) : जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका

गाउँपालिका (९) : केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका

-नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार