अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी

अष्ट्रेलिया : नेपाली पर्यटन प्रबद्र्धन र कला संस्कृतिको पहिचान गर्ने उद्देश्यले अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी शुरु गरिएको छ । यही नोभेम्बरको २६ तारिखदेखि सिड्नीबाट नेपाल महोत्सव शुरु हुने भएको छ ।
प्रत्येक दुई बर्षमा हुँदै आएको नेपाल महोत्सव अष्ट्रेलियाका ६ वटा शहरहरुमा अलग अलग समयमा हुने गरेको छ । सन २००६ देखि प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न र नेपाली कला संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । नेपाल महोत्सव आयोजना र यसको तयारीका लागि एनआरएनले सबै संघसंस्थाका प्रतिनिधिहरुसँग छलफलको आयोजना गरेको थियो ।
सिड्नीमा आयोजना हुने महोत्सवको संयोजन गरिरहेका एनआरएनका उपादक्ष्य दिनेश पोखरेलका अनुसार महोत्सवमा नेपाली पर्यटर्न प्रबर्द्धन गर्ने मात्र नभएर कला संस्कृति झल्कने किसिमका स्टलहरु र प्रस्तुती रहनेछ । उनले अष्ट्रेलियामा रहेका सबै संघसंस्थाहरुसँगको सहकार्यमा महोत्सव सम्पन्न गर्नेगरि सबै संघसंस्थाका प्रतिनिधीहरुसँग छलफल गरिएको हो । छलफल कार्यक्रममा सहभागीहरुले नेपाल महोत्सव सम्पन्न गराउन सबैको सरसल्लाह र छलफल आवश्यक भएकोमा औल्याएका थिए ।
एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलका अनुसार नोभेम्बर २६ मा हुदैछ भने ब्रिसबनमा नोभेम्बरमा र मेलबर्नमा डिसेम्बर आयोजना हुने निर्णय गरिएको छ । यसैगरि महोत्सव एडिलेड, पर्थ लगायतका शहरहरुमा समेत क्रमैसँग आयोजना हुनेछ । सिग्देलले महोत्सवको माध्यमबाट अष्ट्रेलियाभरि रहेका नेपालीहरुलाई एकआपसमा चिनजान गराउने र आपसी भाइचारा बढाउन मद्दत पुरयाउने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार