प्रवासका पत्रकार कोइराला म्युजिक भिडियो निर्देशनतिर

Music-Vidio

आरपी सहयात्री

युएई : नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष हुन् त्रिलोचन कोइराला । तर उनको परिचय थपिएको छ । त्यसोत १५ बर्षदेखि युएईमा रहेका उनी सफल नेपाली व्यवसायी पनि हुन् । यससँगै उनले म्युजिक भिडियो निर्देशनमा पनि पाइला राखेका छन् ।

युएईमा कम्प्युटरको सामानको बिक्रीबितरण गर्ने सगरमाथा टेक नामको व्यावसाय सुरु गरेका कोइरालाको लगानीमा सिटी लाइफ ट्राभल पनि खुलेको छ । त्यतिमात्र होइन, जीवनका उर्बर समयमा नेपाली नाट्य क्षेत्रमा काम गरेका कोइराला युएईमा म्युजिक भिडियो निर्देशनतिर लागेका छन् । उनको यो पछिल्लो नयाँ परिचय हो ।

Tricholan-Koiralaयुएईमा नेपाली गीतको म्युजिक भिडिया बन्ने क्रम तीव्र छ । प्रवासबाट पनि स्तरीय म्युजिक भिडियो बन्छ भन्ने मान्यता कोइरालाले प्रमाणित गर्दै लगेका छन् ।

हिमालय टेलिभिजनको न्यु इन्ट्री कार्यक्रम तथा सङ्स नेपालको युटुब च्यानल मार्फत् सार्वजनिक भएको आधुनिक गीत ‘हसाउँछौ तिम्रै मर्जी’ त्यसको पछिल्लो उदाहरण हो ।

युएईका रमणीय स्थानमा छायांकन गरी स्तरीय बनाउने भन्ने प्रतिस्पर्धा बढिरहेको बेला यस गीतलाई पनि युएईको बिभिन्न रमणीय स्थान, टुरिस्ट स्पट एवम् हलिउडका धेरैवटा चलचित्र छायांकन भैसकेको स्थल युएई र ओमन बोर्डर दुबईको हत्ता भन्ने ठाउँमा छायांकन गरिएको छ ।

उदीयमान गायिका बबिना भटराईको कर्णपि्रय स्वरले सजिएको ‘हसाउँछौ तिम्रो मर्जी, रुवाउँछौ तिमै मर्जी’ अबिनास थापाको शब्दलाई दिपक शर्माले संगीत भरेका छ्न । केही महिना अघि बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा नवमोडल राजेश बोहरा र सारिका सुनारलाई संचारकर्मी कोइरालाले अभिनय गराएका छन् ।

डेढ दर्जन नाटक लेखन एवम् निर्देशन गरिसकेका पत्रकार कोइरालाले नयाँ अनुभवको लागि म्युजिक भिडियोमा काम गरेको बताउँछन् ।

भिडियोको छायांकन तथा निर्देशन कोइरालाले नै गरेका छन् भने भिडियो सम्पादन भुवन थनेतको रहेको अनलाइनखबरले छापेको छ । भिडियो मोफसल मिडिया ग्रुपले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार