नयाँ बुलन्द
इभाङ : अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको इभाङमा सुरु भएको छ ।
कार्यक्रम गाउँ स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन उपसमितिको आयोजनामा भएको हो । कार्यक्रममा गाउँ स्तरीय बालसञ्जाल, विभिन्न बालक्लब, प्रधानाध्यापक तथा संरक्षक शिक्षक सहित ३२ जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा बालबालिका, बालअधिकारको अवधारणा र बालअधिकार, बाल दुव्र्यवहार, बाल अधिकार सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनहरु, बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ र बाल अधिकार प्रबद्र्धनमा स्थानीय निकायको भूमिका, बालमैत्री स्थानीय शासनका सूचक तथा बालक्लबको काम, कर्तव्य र अधिकार बालक्वलको आवश्यकता लगायत विषयमा छलफल भईरहेको छ ।
सहभागिहरुलाई मानव अधिकार मञ्च नेपालका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम संयोजक राम योङ्हाङ र उपसमितिका संयोजक युवराज बस्नेतले सहजीकरण गरिरहेका छन् ।
उपसमितिका संयोजक बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनीधि जिजय बुढाथोकी, नेकपा एमालेका अध्यक्ष मित्रकुमार खड्का, इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक राम जोशी, जनताकल्या० निमाविका शिक्षक कमलबहादुर कार्की, सरस्वति निमाविका प्रधानाध्यापक तिलकबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्तमको सञ्चालन उपसमितिका सचिव एवं गाविसका प्राविधिक पुष्कर कार्कीले गरेका थिए ।






















































