गायक प्रेम परियारको आउँदैन आमा… दशैं र तिहार सार्वजनिक

चुलाचुली : दशैं र तिहारको शुभकामना सहित चर्चित बाल गायक प्रेम परियारको दशैं र तिहार विशेष गीतका म्यूजिक भिडयो सार्वजनिक भएको छ ।

किशोर चाम्लिङको शब्द रचनचा, लक्ष्मण चौलागाईको संगीत रहेको `आउँदैन आमा प्रदेशीलाई दशैं र तिहार..´ बोलको म्युजिक भिडियो २२ असोजमा गायक प्रेम परियारको आफ्नै युटुव च्यानल प्रेम परियार अफिसियलबाट सार्वजनिक गरेको हो ।

रामप्रसाद वडालले निर्देशन गरेका उक्त भिडियोमा विदेशमा रहेका छोराले घरपरिवार, गाउँ-ठाउँ प्रतिको सम्झनालाई जिवन्त रूपमा प्रस्तुत गरेका छन् । १३ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा बाल गायकको पहिचान बनाउन सफल प्रेमको युवा अवस्था भएपछिको पछिल्लो गीत हो । उनका यस्ता मर्मस्पर्शी गीतहरू आधा दर्जन बढि छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार