चुलाचुली गाउँपालिकाको ७५.१६ प्रतिशत बजेट खर्च

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित कुल बजेटमध्ये असार १८ गतेसम्ममा ७५.१६ प्रतिशत खर्च गरेको छ । लेखा शाखा प्रमुख मिलनकुमार भट्टराईका अनुसार चालु तथा पुँजीगत शीर्षक गरी कुल वार्षिक बजेट ४८ करोड ७३ लाख ४४ हजार ७८ मध्ये ३६ करोड ४८ लाख १६८ रुपैयाँ खर्च भएको छ । खर्चपछि १२ करोड ५ लाख ४३ हजार ९१० रुपैयाँ मौज्दात रहेको छ ।

भट्टराईका अनुसार चालुतर्फ ३२ करोड ९ लाख १२ हजार ५७८ बजेट विनियोजन गरिएकोमा २६ करोड २ लाख ७४ हजार ५०५ रुपैयाँ खर्च भएको छ। यो चालु बजेटको ८१.०९ प्रतिशत खर्च हो । चालुतर्फ ६ करोड ६  लाख २८ हजार ७३ खर्च हुन बाँकी रहेको छ ।

त्यसैगरी पुँजीगततर्फ १६ कोड ६४ लाख ३१ हजार ५०० बजेट विनियोजन गरिएकोमा १० करोड ४५  लाख २५ हजार ६६३ रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेटको खर्च प्रतिशत ६३.५७ रहेको छ भने ५ करोड ९९ लाख ५ हजार ८३७ रुपैयाँ मौज्दात रहेको छ ।

समग्रमा चालु र पुँजीगत दुवै शीर्षकको खर्च जोड्दा गाउँपालिकाले ३६ करोड ४८ लाख १६८ रुपैयाँ खर्च गर्दै ७५.१६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको देखिन्छ । खर्चपश्चात १२ करोड ५ लाख ४३ हजार ९१० रुपैयाँ बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार