
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को चारै त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता नियमित रूपमा वितरण गरेको छ । गाउँपालिकाले बैंकसँगको सहकार्यमा घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
पञ्जीकरण शाखा प्रमुख प्रविन परियारका अनुसार ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालगायतका लाभग्राहीलाई सरकारले तोकेको दरअनुसार भत्ता उपलब्ध गराइएको हो ।
गाउँपालिकाले प्रथम, द्वितीय, तृतीय र चतुर्थ त्रैमासिकमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत लाभग्राहीको विवरण अद्यावधिक गर्दै नियमित रूपमा भुक्तानी गरेको छ ।
गाउँपालिकाले पहिलो त्रैमासिकमा १५८२ जना ज्येष्ठ नागरिकलाई १ करोड ८८ लाख ८२ हजार १३७ रुपैयाँ, ७१ जना ज्येष्ठ नागरिक (दलित) लाई ५ लाख ६१ हजार २६० रुपैयाँ, १८१ जना ज्येष्ठ नागरिक एकल महिलालाई १४ लाख ३९ हजार ६० रुपैयाँ, २३१ विधवालाई १८ लाख ३२ हजार ७४० रुपैयाँ, ४८ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ५ लाख ६६ हजार ५८० रुपैयाँ, १९८ जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई १२ लाख ५३ हजार ३९२ रुपैयाँ र ८८ जना दलित बालबालिकालाई १ लाख ३४ हजार ३८६ रुपैयाँ गरी २ हजार ३९९ जनालाई २ करोड ४६ लाख ६९ हजार ५५६ रुपैयाँ सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ ।
दोस्रो त्रैमासिकमा १५७१ जना ज्येष्ठ नागरिकलाई १ करोड ८७ लाख ८५ हजार ७४४ रुपैयाँ, ७४ जना ज्येष्ठ नागरिक (दलित) लाई ५ लाख ८२ हजार २०० रुपैयाँ, १८७ जना ज्येष्ठ नागरिक एकल महिलालाई १४ लाख ६८ हजार ३२० रुपैयाँ, २३९ विधवालाई १८ लाख ६६ हजार २५६ रुपैयाँ, ४९ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ५ लाख ७४ हजार ५६० रुपैयाँ, १९९ जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई १२ लाख ६६ हजार १६० रुपैयाँ र ८५ जना दलित बालबालिकालाई १ लाख ३१ हजार ९९१ रुपैयाँ गरी २ हजार ४०३ जनालाई २ करोड ४६ लाख ७८ हजार २३१ रुपैयाँ सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ ।
त्यस्तै तेस्रो त्रैमासिकमा १५६० जना ज्येष्ठ नागरिकलाई १ करोड ८६ लाख ८ हजार ६१६ रुपैयाँ, ७८ जना ज्येष्ठ नागरिक (दलित) लाई ६ लाख ८ हजार ७७३ रुपैयाँ, १८९ जना ज्येष्ठ नागरिक एकल महिलालाई १५ लाख २४० रुपैयाँ, २२४ विधवालाई १९ लाख ३९ हजार १४० रुपैयाँ, ४८ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ५ लाख ७४ हजार ५६० रुपैयाँ, २०० जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई १२ लाख ७६ हजार ८०० रुपैयाँ र ८७ जना दलित बालबालिकालाई १ लाख ३३ हजार ९७० रुपैयाँ गरी २ हजार ४०६ जनालाई २ करोड ४६ लाख ४२ हजार ९९ रुपैयाँ सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ ।
त्यसैगरी चौथो त्रैमासिकमा १५५२ जना ज्येष्ठ नागरिकलाई १ करोड ८५ लाख ४५ हजार ८०७ रुपैयाँ, ७९ जना ज्येष्ठ नागरिक (दलित) लाई ६ लाख १९ हजार ७८० रुपैयाँ, १९५ जना ज्येष्ठ नागरिक एकल महिलालाई १५ लाख ३७ हजार ८४० रुपैयाँ, २५६ विधवालाई २० लाख १६ हजार २८० रुपैयाँ, ४८ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ५ लाख ७४ हजार ५६० रुपैयाँ, २०३ जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई १२ लाख ८६ हजार ४१० रुपैयाँ र ८९ जना दलित बालबालिकालाई १ लाख ३८ हजार ११ रुपैयाँ गरी २ हजार ४२२ जनालाई २ करोड ४७ लाख १८ हजार ३८८ रुपैयाँ सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ ।
गाउँपालिकाले लाभग्राहीको विवरण नियमित अद्यावधिक गर्ने, नयाँ लाभग्राही समावेश गर्ने तथा मृत्यु, बसाइँसराइ वा अन्य कारणले हटाउनुपर्ने लाभग्राहीको अभिलेख अद्यावधिक गर्दै पारदर्शी रूपमा भत्ता वितरण गरिरहेको जनाएको छ ।















































