
इलाम : हिन्दू स्वयंसेवक संघ नेपाल, इलामको आयोजनामा ‘प्रारम्भिक वर्ग–२०८३’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
संघको संचालक दुर्गा ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिका भित्रका विभिन्नविद्यालय का विद्यार्थीहरूलाई लक्षित गर्दै तीनदिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ।
संघ संघचालक (अध्यक्ष) पण्डित दुर्गा ढुंगेलका अनुसार इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं ७ सुन्तलाबारीमा अवस्थित आदर्श माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।
कार्यक्रममा शिक्षक विद्यार्थीसहित १०० जनाको सहभागी रहेको आयोजकले जनाएको छ । कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वधर्म, संस्कृति, राष्ट्रभक्ति, अनुशासन, कर्तव्यनिष्ठा र संस्कारित जीवनशैलीको भावना अभिवृद्धि गराउने कोसिस गरिएको आयोजकले जनाएको छ।
संघले विगत ३४ वर्षदेखि यस्ता प्रशिक्षणमार्फत व्यक्तित्व विकास तथा राष्ट्रनिर्माणमा योगदान पुर्याउँदै आएको छ।


















































