बैकल्पिक सडक नबन्दासम्म मेची राजमार्ग बन्द नहुने !

  नयाँ बुलन्द
434 Shares

इलाम : मेची राजमार्ग अन्तर्गत इलामको बाघखोर र राजदुवाली क्षेत्रमा आजदेखि आंशिक रूपमा सडक बन्द हुने भनिए पनि तत्कालका लागि राजमार्ग सञ्चालनमै रहने भएको छ। वैकल्पिक सडकको व्यवस्था नभएकाले राजमार्ग बन्द नगर्ने निर्णय गरिएको हो।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार आज वैशाख २३ गतेका लागि सडक पूर्ण रूपमा सञ्चालनमा रहनेछ। उनले वैकल्पिक सडक निर्माण कार्य सम्पन्न भएपछि मात्र आवश्यक समन्वय गरेर मेची राजमार्ग बन्द गरिने जानकारी दिए।

बाघखोर र राजदुवाली क्षेत्र पहिरो तथा सडक क्षतिको दृष्टिले संवेदनशील मानिन्छ। वर्षायाम नजिकिँदै गर्दा जोखिम न्यूनीकरण तथा मर्मत कार्यलाई प्रभावकारी बनाउन अस्थायी रूपमा सडक बन्द गर्ने तयारी गरिएको थियो। तर, वैकल्पिक मार्ग तयार नभएकाले यात्रु तथा सवारी साधनलाई समस्या नपरोस् भन्ने उद्देश्यले तत्काल बन्द नगर्ने निर्णय गरिएको हो।

सडक डिभिजन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी वैकल्पिक मार्ग निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ। साथै, यात्रुहरूलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार