ट्राफिक कारबाहीबाट ९५ लाख बढी राजस्व सङ्कलन

इलाम : जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले आर्थिक वर्ष २०८१/०८२ मा ९५ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सवारी नियम मिच्ने १२ हजार नौ सय ४९ सवारी साधनलाई कारबाही गरेर सो परिमाणको राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक लिलानाथ न्यौपानेले जानकारी दिए ।

अघिल्लो वर्षभन्दा १२ लाख ४६ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको ट्राफिक प्रमुख न्यौपानेले बताए । यो अघिल्लो वर्षको तुलनामा १५ दशमलव ०३ प्रतिशत बढी हो । पछिल्लो समय नियमित राजमार्ग चेकिङ, छड्के चेकिङ तथा ग्रामीण सडकमा हुने चेकिङका कारण राजस्व सङ्कलनमा वृद्धि भएको ट्राफिक प्रमुख न्यौपानेले बताए ।

अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा कार्यालयले सवारी नियम मिच्ने १३ हजार आठ सय ९४ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट  ८२ लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १२ हजार तीन सय नौ सवारी साधनले नियम मिच्दा ७० लाख ३७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष ०८१/०८२ मा कारबाही भएका तीन सय ७७ वटा ट्रकबाट दुई लाख ६० जार पाँच सय, २२ वटा टिपरबाट १७ जार, दुई सय १६ वटा बसबाट दुई लाख १३ हजार पाँच सय, सात हजार एक सय ९० वटा जीप/कार/भेनबाट ४६ लाख दुई हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै, तीन सय १० वटा ट्याक्टरबाट दुई लाख दुई हजार, चार हजार एक सय १० वटा मोटरसाइकलबाट ३६ लाख ७१ हजार पाँच सय, छ सय ७५ वटा टेम्पोबाट पाँच लाख ३७ हजार र ४९ वटा अन्यबाट १२ हजार नौ सय ४९ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रमुख न्यौपानेले जानकारी दिए ।

मेची राजमार्गको विभिन्न सडक खण्डमा प्रायस् सवारी चेकजाँच गर्ने गरिएको प्रमुख न्यौपानेको भनाइ छ । सवारी जाँचका क्रममा चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको, ओभरलोड गरेको, सिट बेल्ट वा हेल्मेट नलगाएको, सवारीका कागजपत्र साथमा नबोकेको, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नभएको, रुट परमिट नलिएको, बत्ति बिग्रिएको जस्ता सवारीलाई कारबाही गरिएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सजारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष ०८१र०८२ मा सवारी धनी, चालक, सहचालक, यात्रु र विद्यार्थी गरी २७ हजार दुई सय ५० जनालाई एक हजार पाँच सय चार वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको न्यौपानेले बताए ।

नौ जनाको मात्र दरबन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले मेची राजमार्गसहित विभिन्न ग्रामीण सडकहरुमा चेकजाँचका लागि काजमा २७ जना जना जनशक्ति परिचालन गरिएको न्यौपानेले बताए । ‘हाम्रो मुख्य लक्ष सचेतना प्रदान गरी सवारी नियम पालना गराउने हो, जरिवाना गराउने होइन’, प्रमुख न्यौपानेले भने, ‘हाम्रो सक्रियतालाई अझ बढाएर लैजानेछौं ।’

यता सवारी साधनको चाप बढेसँगै सवारी दुर्घटनाका घटना पनि बढेको तथ्याङ्कले देखाएको छ । आव ०८१/०८२ मा जिल्लाभरी एक सय वटा दुर्घटना हुँदा ११ जनाको ज्यान गयो भने दुई सय तीन जना घाइते भएको जनाइएको । अघिल्लो आव ०८०/०८१ मा जिल्लाभर ५६ वटा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो भने एक सय ३६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार