छुट्टाछुट्टै दुर्घटनामा चार घाईते

नयाँ बुलन्दDPO

इलाम : शुक्रबार इलाममा भएको छुट्छुट्टै दुर्घटनामा प्रहरी सहायक निरीक्षक सहित चार जना घाईते भएका छन् । विहान साढे ६ बजे सुर्योदय नगरपालिका ११ स्थित मेची राजमार्गमा मोटरसाईकल एकआपसमा ठोक्किदाँ प्रहरी सहायक निरीक्षक निलबहादुर गिरी सहित दुई जना घाइते भएका छन् ।

त्यस्तै सोही दुर्घटनामा परी अर्का मोटरसाईकलका चालक झापा बाहुनडाँगी ४ का २६ वर्षीय डेलो मगर समेत सामान्य घाईते भएका छन् । उनीहरु दुवैलाई उपचारका लागि झापातर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यसैगरी पौने ७ बजे इलाम नगरपालिका ६ मेची राजमार्ग ट्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सहित दुई जना घाइते भएका छन् । झापातर्फ जाँदै गरेको मे ५ प २१९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको मे १ त ३६०५ नम्बरको ट्‍याक्टरले ठक्कर दिदाँ मोटरसाइकल इलाम ३ का ६८ वर्षीय शिव गौतम र सोही ठाउँका ३६ वर्षीय रुपलाल नेपाली घाइते भएका हुन् । गौतमो बायाँ खुट्टा भाँचिएको छ । उनीहरु दुवैको इलाम अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार