
इलाम : गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले इलामका दुइ परिवारलाइ दाबी बीमा रकम भुक्तानी गरेको छ। बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ चिर्दै स्वर्गीय बीमित सदस्यको परिवारलाई सहज ढंगबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनी इलामले बीमा रकम उपलब्ध गराएको हाे ।
जिल्लामा कोरोना संक्रमणबाट २०७७ साल कात्तिकमा मृत्यु भएका इलाम नगरपालिका वडा नम्बर ५ बरबोटेका स्वर्गीय धनकुमार नेम्वाङ्गको परिवारलाई इन्स्योरेन्सले बीमा रकम भुक्तानी गरेको हो । पाँच लाखको बीमा गरेका नेम्वाङ्गको मृत्युपछि इन्स्योरेन्सले उनको श्रीमती गीता तुम्वापोलाई ६ लाख ३७ हजार ४ सय ९९ रुपैंयाँको चेक हस्तान्तरण गरेको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सले नै अर्का एक बीमीत सदस्यलाई पनि बीमा रकम उपलब्ध गराएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का अस्मिता थापाको परिवारलाई बीमा रकम उपलब्ध गराएको हो ।
पाँचलाखको बीमा गरेकी थापाको २०७७ साल पुषमा मृत्यु भएपछि उनको अभिभावक प्रेमबहादुर बस्नेतलाई ५ लाख ४० हजार ९ सय ६४ रुपैंयाँको चेक हस्तान्तरण गरीएको कम्पनी इलाम शाखा प्रबन्धक अर्जुन पोख्रेलले जानकारी दिए । बीमित सदस्यको मृत्युपछि बीमा बापतको रकम बुझदै बिमीत परिवारका सदस्यमध्ये गीता तुम्वापोले बीमा बापतको रकमले आश्रीत परिवारलाई ठूलो राहात मिलेको बताइन । यस्तै बस्नेतले पनी सहजरुपमा भुक्तानी पाएको भन्दै बिमा गर्दा अरुलाईपनी गुराँसमा नै गर्नुपर्ने प्रतिकृया दिए ।
उता चेक हस्तान्तरण गर्दै पोख्रेलेले बीमाको महत्वको बारेमा पनि प्रकाश पारेका थिए । चेक हस्तान्तरणमा कम्पनीका एजेन्सि मेनेजर सन्तोष चौहान, सुनीता लुइटेल, कमला राई, बिष्णु मुखिया सहित शाखाका कर्मचारीको उपस्थिती रहेको थियो ।




















































