इलाम : फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका ३ बस्ने बर्ष ३४ को अनिस गुरूङ रहेका छन् । उनलाइ खोततलासको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले इलाम नगरपालिका ७ बाट पक्राउ जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गुरुङलाई २३ माघ २०६९ मा अदालतबाट १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।


















































