धार्मिक पर्यटकीयस्थल बिकासका लागि भविष्य महापुराण हुँदै

इलाम : धार्मिक पर्यटकीयस्थलको बिकासका लागि इलामको बरबोटेमा भबिस्य महापुराणको आयोजना गरिने भएको छ ।

राष्ट्रदेव श्री पशुपति एवं परमात्मा श्रीकृष्णको असिम अनुकम्पा साथै श्रद्देय धर्मपरायण सज्जनहरुको सदिच्छा अनुरुप श्री कृष्ण प्रणामी सेवाकुञ्ज बरबोटेको तेर्हौं वार्षिक उत्सबको अवसरमा राष्ट्र कल्याणार्थ ॐकार साथै धार्मिक तथा प्राचीन सभ्यता संस्कृति संस्कारहरुको संरक्षणार्थ यहि फाल्गुन २४ गते देखि चैत्र १ गते सम्म ज्ञान महायज्ञ हुने भएको छ ।

महायज्ञमा डा. तिलक चैतन्य जी महाराजको सानिध्यतामा व्यासाचार्यद्वय पं कृष्ण प्रसाद घिमिरे एवं पं श्री बिष्णु प्रसाद भट्टराईको श्रीमुख बाट संगीतमय भविष्य महापुराण ज्ञान महायज्ञ हुने महायज्ञ एवं सेवा कुञ्जका अध्यक्ष तिर्थ पोख्रेल ले जानकारी दिए ।

 के छन् त कुञ्जका भावी उद्देश्यहरु एवं योजनाहरु ?

१.धार्मिक पर्यटकीय स्थलको निर्माण ।
२.भगवान कृष्णको प्रतिमा सहितको आकर्षक पोखरी निर्माण।
२.दुर्गा माताको प्रतिमा सहितको पोखरी निर्माण ।

कार्यक्रमहरु: फागुन २४ गते देखि चैत्र १ गते सम्मका कार्यक्रमहरु
२०७६ साल फाल्गुन २४ गते कलश यात्रा,मण्डप पूजा एवं महायज्ञको समुद्घाटन।

कार्यक्रमहरु:
दैनिक विहान ६:३० बजे देखि ८ बजे सम्म पूजा अर्चना
दैनिक विहान ८:३० बजे देखि पाठ पारायण
दैनिक विहान ११ बजे देखि ३:०० बजेसम्म संगीतमय कथा वाचन
३:०० बजे देखि ४:०० बजे सम्म आरती,पुष्पाञ्जली,प्रसाद ग्रहण तथा दाता दानवीर एवं विशिष्ट व्यक्तित्वहरुलाई सम्मान
दैनिक साँझ ७ बजे देखि ९:०० सम्म महात्म्य,ज्ञानमञ्च ,भजन किर्तन आदि।
२०७६ साल फाल्गुन ३० गते साँझ ७ बजे डंडिया,वालन संगिनी,लगायतका विविध सांस्कृतिक कार्यक्रमहरु
२०७६ साल फाल्गुन ३० गते सांझ ५:०० बजे लक्ष्यवर्तीका प्रज्वलन
२०७६ साल चैत्र १ गते पूर्णाहुती,ब्रतबन्ध, गून्यूचोली एवं विविध सांस्कृतिक कार्यक्रम सहित महायज्ञ विश्राम।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार