नयाँ बुलन्
द
इलाम : ८६ औं समाज सुधार दिवसको अवसरमा इलाममा शनिबार रचना वाच
न प्रतियोगिता सम्पन्न भएको छ । किरात धर्म तथा साहित्य उथान संघ जिल्ला समिति ईलामले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट रचनालाई पुरस्कृत समेत गरिएको थियो ।
प्रतियोगितामा बलिन्द्र योङहाङ, सबिन बस्नेत, विपन फियाक र सन्धीभक्त शंकर क्रमश प्रथाम, द्धितिय, तृतिय र सान्त्वनालाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
किरात धर्म गुरु फाल्गुनन्द लिङ्देनले वि.सं १९८८ साल बैशाख २४ गते तत्कालिन लिम्बुवानका भद्र भलादमीलाई पान्थरको लब्रेकुटीमा भेला गराई सात बुँदे सत्य धर्म मुचुल्का तयार गरेको दिनलाई किरात धर्म तथा साहित्य उत्थान संघले समाज सुधार दिवसको रुपमा मनाउदै आएको छ ।
मुचुल्कामा किरात समुदायमा व्यप्त कुरिती कुसंस्कार हटाई पशू वलि पूजा प्रथाको अन्त्य गर्नुपर्ने, विवाहमा सोतरित खाने चलनलाई हटाउनु पर्ने, गाउँगाउमा पाठशाला बनाई मातृभाषाबाट शिक्षा दिने, छोरा छोरीलाई बराबर शिक्षा दिनु पर्ने, गाउँघरमै बुनेका खाडी कपडा तथा स्वादेशी बस्तुको उपयोग गर्नुपर्न, मौलिक रुपमा पकृतिको सरंक्षणमा लाग्नपु पर्ने विषयलार्इ कार्यान्वयन गर्दै लाने सर्तमा हस्ताक्षर भएका दिनको सम्झनामा समाज सुधार दिवसको विकास भएको संघका केन्द्रिय सदस्य जीतेन पन्धाकले बताए ।
राष्ट्रिय विभूती फाल्गुनन्दले आजीवन किरात समाज सुधारको लागि गाउँ गाउँ घमेर दर्जन बढी किरात माङहिमको स्थापना गरेका थिए । उनि इलामको हालको इभाङ्गको चुक्चीनाम्बामा जन्मेका हुन् । किरात धर्म, भाषा लिपी, संस्कार संस्कृतिको विकास र प्रचार प्रसारमा लागेका लिङ्देनको वि.सं. १९४२ चैत्र २२ गते परमधाम भएका थिए ।
संघकमा इलाम अघ्यक्ष राम येक्तेनको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, शसस्त्र प्रहरी बल श्रीअन्तु गुल्मका प्रहरि नायव उपरीक्षक लकेश तुम्बाहाम्फे, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुनिलकुमार यादव, इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद इलाम आध्यक्ष राजु राई, किरात चोलुङ अङसी माङ्गेना सेवा समिति केन्द्रीय सदस्य अभिषेक यक्तेन, लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष राम लिङ्दम, देब चबेगु लगायतले फाल्गुनन्दको योगदनको विषयमा बोलेका थिए ।


















































