साविक उच्च मावि शिक्षकहरु स्थायी हुने

  नन्दन सर्वत लिम्बू
0 Shares

बिराटनगर : प्रदेश नम्बर १ बिराटनगरमा माध्यमिक बिध्यालय शिक्षक युनियन प्रदेश नम्बर १ को प्रथम प्रादेशिक सम्मेलन उद्घाटन कार्यक्रम शुुक्रबार भएको छ ।

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल प्रदेश नम्बर १ का संयोजक राजेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक तथा शिक्षा बिकाश मन्त्री जीवन घिमिरेले स्थानीय तहमा शैक्षिक ऐनहरु ल्याउदै जाने र बिद्यालयहरुलाई ब्यबस्थित बनाउदै लैजाने कुरा व्यक्त गरे ।

बिद्यालय सुधार योजनाको ऐन, बिद्यालयमै आमा समुहको गठन गरि शिक्षण कार्य ब्यबस्थित गर्ने उहाँले बताउनुभयो । त्यस्तै उहाँले साबिक उच्च मा बिका शिक्षकहरुको पेशागत हित अस्तित्वका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा माद्यामिक बिद्यालय शिक्षक युनियन (हिस्टुनका) केन्द्रीय महासचिव बिक्रम पोख्रेल , केन्द्रीय अध्यक्ष पुस्प न्याउपाने र ज्ञानप्रसाद भट्टराईले साबिक उच्च माबि शिक्षकहरूका स्थायित्वका निम्ति जस्तोसुकै संघर्ष गर्ने र जसरी पनि स्थायित्व प्रदान गर्ने बताए ।

कार्यक्रममा सरकारले शिक्षकहरुलाई अपमानित गरि बौद्धिक सोषण गरिरहेको बताएका थिए। निजामती कर्मचारीहरुका लागि बढुवा, प्रोत्साहनका कार्यक्रम ल्याउने तर सिङ्गो समाजको निर्माण गर्ने शिक्षकलाई अपमानित गर्दै सुबिधा र प्रोत्साहन नगरेर शिक्षकलाई निरुत्साहित गरेको बताएका थिए ।

त्यस्तै आजको प्रथम ऐतिहासिक प्रदेश अधिबेशनको प्रतिबेदनमा साबिक उच्च माबिका लागि ४ हजार शिक्षण अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने, दरबन्दी र अनुदान बाहेकका कार्यरत शिक्षकलाई आबश्यक स्वीकृती प्रदान गर्नुपर्ने, साबिकका प्लस टु शिक्षकलाई बिशेश आन्तरिक प्रक्रिया द्वारा मा बि दित्तिय श्रेणीमा स्थायी गर्नु पर्ने, शिक्षण अनुदानमा कार्यरत शिक्षकहरूलाई स्थानिय भत्ताको ब्याबस्था गर्नुपर्ने प्रमुख मागहरु सहित २० ओटा मागहरू प्रतिबेदनमा माग गरिएको छ ।

खुल्ला सत्रको कार्यक्रम समापन पश्चात् केही बेरमा बन्द सत्रको कार्यक्रम हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार