किताब लेखेबापत समातिएका भद्रगोललाई पाँच दिनको म्याद थप

जस्तोसुकै परिस्थितिको सामना गर्छु, झुक्दिनँ : भद्रगोल

श्रलिनप्रताप किराती

काठमाडौं : किरातीहरुको धर्म संस्कृति विनास गरेको आरोप लगाउँदै भक्तकुमार राई (गड्याञ्जल)विरुद्ध पुस्तक लेखेको अभियोगमा पक्राउ परेका मनोजकुमार राई (भद्रगोल)लाई जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ ।

आफूलाई धर्मगुरु मान्दै आएका उदयपुर मैनामैनीका भक्तकुमार राईले गरेको ‘हर्कत’ विरुद्ध भद्रगोलले ‘गड होइन ठग एन्जल’ पुस्तक लेखेर सार्वजनिक गर्न लाग्दा हिजो (बैशाख २६) गते महानगरीय प्रहरी परिसर टेकुले पक्रेको थियो ।

भक्तकुमार राई सम्बद्ध संस्था स्वर्गिक मार्ग संघसँग आबद्ध कार्यकर्ता हेंखामा हाङखिमको नामबाट भद्रगोलले ‘साइबर क्राइम’ गरेको भन्दै उजुरी परेको थियो । उजुरीको आधारमा पक्राउ परेका भन्द्रगोललाई अनुसन्धानको लागि पाँच दिनको म्याद थपिएको छ ।

प्रकाशित पुस्तकको आवरण तस्वीर आफ्नो धारणा सहित विश्वभर छरिएर रहेका किरात राई समुदायले स्टाटस राखेका छन । आवरण तस्वीर र ओमनन्दप्रति नकारात्मक धारणासहितको स्टाटस राखेर साइबर अपराध गरेको उजुरीकर्ताको दावी छ ।

प्रकाशित पुस्तकमा भक्तकुमार राई (ओमनन्द)ले किरातीहरुले परम्परागत रुपमा मान्दै आएको चुला उखेलेर फाल्न नमान्दा भारत सिक्किमका फलामसिंह राईलाई कठोर यातनासहित हत्या गरेको कथा समेत उल्लेख छ ।

भद्रगोल भक्तकुमार राई समुहसँग कुनै हालतमा नझुक्ने, जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको जनाउदै आएका छन् । भक्तकुमार राईले किरात राई समुदायको परम्परागत धर्म, संस्कृतिको हत्या गरेर अनआवश्यक नयाँ विकास गर्न खोजिरहेकोले निरन्तर भण्डाफोर अभियानमा लागिरहने बताउदै आएका छन् । लामो जेल जीवन वा भौतिक आक्रमण सहनु परेपनि भक्तकुमार राईको भण्डाफोर अभियान नछाड्ने उनको भनाइ छ ।

भद्रगोल किरातीले पछिल्लो समयमा भक्तकुमार राई विरुद्ध किराती इन्टरनेश्लन कल्चर (किक) अभियान सञ्चालन गर्दै आएका थिए । विभिन्न पुस्तिका, पर्चा प्रकाशन, सामाजिक सञ्जाल फेसबुक ग्रुप बनाएर स्वर्गिक मार्ग संघका प्रवर्तक मानिएका भक्तकुमार राई विरुद्ध प्यापक प्रचारप्रसार हुँदै आएको थियो । भक्तकुमार राई समुहले भने प्रेमवाद धर्म नभएर दर्शन भएको तर्क दिदै आएको छ । bhadragol
यद्यपि भक्त र उनका अनुयायीहरुले जन्मेदेखि मरिन्जेलसम्म नयाँ संस्कारको विकास गरेर प्रयोग गर्दै आएका छन् । उनले बिकास गर्न खोजेको संस्कार किरातीहरुको परम्परागत धर्म संस्कारभन्दा भिन्न छ । उनले विकास गर्न खोजेको संस्कार हिन्दू, बौद्ध, क्रिश्चियन धर्मबाट प्रभावित छ । स्वर्गिक मार्ग संघ गठन गरेर केही वर्षदेखि निरन्तर लागिरहेका भक्तकुमार राईले विकास गर्न लागेको संस्कारप्रति आम किरातीहरुले भने असहमति जनाउँदै आएका छन् ।

भक्तले विकास गर्न खोजेको ह्याभन्ली पाथ (प्रेमवाद), गड एन्जललगायतका शब्दहरु किरातीहरुले मान्ने मुन्दुमसँग अत्यन्त भिन्न भएको र नेपालमा नयाँ धर्म संस्कार विकासको आवश्यकता नरहेको आम किरातीहरुको बुझाइ छ । भद्रगोलद्वारा प्रकाशित पुस्तक र पुस्तिकाहरुमा धर्मको नाममा नाजायज फाइदा समेत लिँदै आएका उल्लेख छ । इसमता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार