रोङ गाउँपालिकामा २ दिने एकिकृत घुम्ती सेवा शिविर सुरु

इलाम : इलामको रोङ गाउँपालिकामा दुई दिने निःशुल्क एकिकृत घुम्ती शिविर सुरु भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोङ गाँउपालिका ३ दोकानडाँडामा घुम्ती शिविर सुरु भएको हो ।

समुदाय-प्रहरी जिल्ला समिति इलाम, जिल्ला प्रशासन कार्यालय इलाम र रोङ गाँउपालिकाको संयुक्त आयोजनामा सुरु भएको शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण, विशेषज्ञ चिकित्वद्वारा स्वास्थ्य परीक्षण सेवा दिई स्वास्थ्य परीक्षण पश्चात औषधी समेत वितरण गरीएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले रोङ गाँउपालिकाका तथा वडा कार्यालयका र सोही क्षेत्र अन्तर्गत रहेका विद्यालयका निम्ति “बालबालिकाको लागि आधारभुत सुरक्षा” पुस्तिका हस्तान्तरण गरेका छन् । त्यस्तै कार्यक्रमा उपस्थितलाई  साईभर अपराध, लागु औषध, यौनजन्य/महिला हिंसा तथा सम्बन्धमा जानकारी समेत गराए । साथै न्युनतम शान्ति शुरक्षाका विषयमा जानकारी गराउने उद्देश्यले सहभागीहरुलाई जनचेतना मुलक ब्रोसर, पर्चा, पम्प्लेट र बुकलेट समेत वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षता र रोङ गाँउपालिकाका अध्यक्ष सम्शेर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का, रोङ गाउँपालिकाका वडा अध्यक्षहरु, करूणा फाउण्डेशन इलामका व्यवस्थापक अजित योञ्जन, इलाका प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी निरीक्षक हेमराज ओली लगायत स्थानिय बासीहरुको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार