नयाँ बुलन्द
पाँचथर : दुई छिमेकीबीच झगडा हुँदा बिहीबार साँझ पाँचथरको नागीन गाविसमा एक बृद्धको मृत्यु भएको छ । नागीन–८ भोटेगाउँमा दुई छिमेकीबीच झगडा हुँदा कुटपिटबाट ६४ बर्षीय डाल्मु शेर्माको मृत्यु भएको हो ।
छिमेकी १८ बर्षीय फुर्ते भनिने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा डाल्मुको मृत्यु भएको हो । बिहीबार साँझ डाल्मु शेर्पा आकाश शेर्पाबीच विवाद भएको थियो ।विवादका क्रममा आकाशले अगोल्ठोले डाल्मुको टाउँकोमा हिर्काएका थिए ।
अगोल्ठोको प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर ढलेका डाल्मुको डाक्टर बोलाई घरमै उपचारका क्रममा राती १ बजे मृत्यु भएको अस्थायी प्रहरी चौकी नागीनले जनाएको छ । कुटपिटमा संलग्न आकाश शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















































