
माङसेबुङ : इलामको माङसेबुङ ५ स्थित सरस्वति माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी फोरम नेपालको मावि समिति गठन भएको छ ।
समाजवादी विद्यार्थी फोरम इलामका कोषाध्यक्ष सृष्टि खापुङको उपस्थितीमा भएको विद्यार्थीहश्रको भेलाले युशा मगरको अध्यक्षतामा २१ सदस्यीय मावि समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा हेनाहाङ नुगो, महिला उपाध्यक्षमा निङवा लावती, सचिवमा आशिषा पन्धाक, सहसचिवमा गीता लिङदम र कोषाध्यक्षमा नेत्र साङपाङ चयन भएका छन् ।
सदस्यहरुमा नुमा बोखिम, फुङवा काङबाङ, वषन्त शेर्मा, दीपेन आङदेम्बे, कुशल तुम्बापो, तान्छोहाङ केरुङ, सन्तुहाङ साँवा, भुवन लक्सम, लिम्बुक्साङ लिम्बू, खेमराज लिम्बू, आशिष लिम्बू, राजकुमार लिङदेन, सेमीहाङ लिम्बू, जनम इधिङ्गो, नोगेन तुम्बापो, सिक्कुम लावती, मिडिया थेगिम, जुनु आङदेम्बे, आशा साँवा, स्वस्तिका साउदेन र जेनी आङदेम्बे रहेका छन् ।



















































