नयाँ बुलन्द
इभाङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा आयोजित दुई दिने प्रतिवेदन लेखन तालिम विहीबार सम्पन्न भएको छ ।
वडाको महिला लक्षित कार्यक्रम अन्तरगत ‘महिला क्षामता विकास’ शीर्षक अन्तरगत कार्यक्रम माङसेबुङ गाउँपालिका वडा नम्बर २ ले आयोजनामा गरेको थियो ।
कार्यक्रममा सो वडाका ३२ बढि महिलाको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।
वडा अध्यक्ष पुष्पराज कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट पम्फा पुलामीले प्रतिक्रिया मन्तव्य राखेकी थिइन् ।



















































