अज्ञात समुहद्वारा इलामका सञ्‍चारकर्मीमाथी कुटपिट

इलाम : इलामको चियावारी एफएममा कार्यरत दुई जनासञ्‍चारकर्मीलाई बुधबार राती अज्ञात समूहले कुटपिट गरेको छ । राती करिव १० वजे रेडियो बन्द गरेर आफ्नो कोठातर्फ जाँदै गर्दा एफएमका प्राविधिक प्रकाश न्यौपाने र वजार ब्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो ।

कुटपिटमा परि कृष्ण पाठक गम्भिर घाइते भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनीहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा गम्भिर भएर लाग्न प्रशासनलाई रेडियोले ध्यानाकर्षण गराएको छ ।

स्टेसन मेनेजर प्रेम अधिकारीले यो घटनाले जिल्लामा सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको भन्दै गम्भिरता पूर्वक लाग्न प्रशासनलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार