पिकअप दुर्घटनामा चालकको ज्यान गयो

नयाँ बुलन्द

इलाम : इलाममा आईतबार दिउँसो पिकअप र्दुघटनामा परी चालकको ज्यान गएको छ ।

इलाम नगरपालिका ४ खरखरेमा पिकअप दुर्घटना हुँदा चालक इलाम नगरपालिका ५ का २९ वर्षीया टीका मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटेतर्फ आउँदै गरेको मे १ ज १६७३ नम्बरको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते मुखियालाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पिकअपमा पाँच जना सवार भएपनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार