इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्ट गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । लक्षित समुदायलाई सकेसम्म चाँडो लालपूर्जा (जग्गाधनी प्रमाणपूर्जा) उपलब्ध गराउने उद्देश्यका साथ लगत प्रविष्टको कामलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकलाई कानुनी रूपमा जग्गाधनी प्रमाणपूर्जा दिलाउने लक्ष्यका साथ आवश्यक प्रक्रिया तीव्र पारिएको उनले बताए । सकेसम्म छिटो लालपूर्जा वितरण गर्ने प्रयास भइरहेको उनकाे भनाइ छ ।
पछिल्लो तथ्याङ्कअनुसार ३ जना भूमिहीन दलित, १२ जना भूमिहीन सुकुम्बासी र ३ सय ९ जना अव्यवस्थित बसोबासीको विवरण कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको गाउँपालिकाका कम्प्युटर अपरेटर माधव दाहालले जानकारी दिए । उनका अनुसार बाँकी विवरण पनि क्रमशः प्रविष्ट गरिँदैछ ।
गाउँपालिकाले सबै प्रक्रिया पूरा भएपछि भूमि समस्या समाधान आयोग इलाममार्फत लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । यसले दीर्घकालदेखि जग्गा स्वामित्वको समस्यामा परेका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई कानुनी सुरक्षा र स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ ।
भिडियो :
तस्बिरहरु :



































































