समानुपातिक निर्वाचनका लागि एक सय राजनीतिक दलले दिए आवेदन

  नयाँ बुलन्द
28 Shares

काठमाडौँ। आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो, सो समयभित्र संयुक्त र एकल चुनाव चिन्ह लिएका गरी एक सय राजनीतिक दलले आवेदन दिएका हुन्।

आयोगले प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने जनाएको छ। आयोगले तय गरेको कार्यसूचीअनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ। सो सूचीमाथि अध्ययनपश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ। उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार