धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन

  नयाँ बुलन्द
35 Shares

काठमाडौं :  नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित सडकमा उत्रिएका युवाहरूले बस्नेतले जेनजी आन्दोलनप्रति देखाएको आक्रामक अभिव्यक्तिको विरोध जनाएका हुन् ।

२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बस्नेत निरन्तर जेनजी युवामाथि टिप्पणी गर्दै आएका छन्। यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाको विरोधले सिमरा दुई दिन अशान्त बनेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार