माङसेबुङ गाउँपालिकाले सहकारी समन्वय समिति गठन गर्ने

  नयाँ बुलन्द
63 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले विकासको एक प्रमुख साझेदारको रूपमा सहकारी क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र नियमनलाई प्राथमिकता दिँदै सहकारी समन्वय समिति गठन गर्ने भएको छ । साथै, सहकारी तथा बचत समूहहरूलाई सक्रिय बनाएर सुशासन कायम गर्ने नीति ल्याइएको छ ।

गाउँपालिकाले अनुगमन तथा नियमनलाई प्रभावकारी बनाइ सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने, सहकारी संस्थाहरू, जल उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, निजी खानेपानी संस्था लगायतलाई वडा वा पालिकामा दर्ता तथा नवीकरण गर्न आवश्यक पहल गर्ने जनाएको छ ।

यससँगै, सबैखाले सहकारी संघसंस्थाहरूसँग समन्वय तथा सहकार्य गरी विभिन्न प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै सहकारी क्षेत्रलाई गाउँपालिकाको सामाजिक-आर्थिक विकासको आधारस्तम्भका रूपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार