सामाजिक सुरक्षा तथा संरक्षणलाई प्राथमिकतामा राख्दै माङसेबुङ गाउँपालिका

  नयाँ बुलन्द
21 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले सामाजिक सुरक्षा तथा संरक्षणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८/०८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार सूचीमा रहेका युवाहरूलाई लक्षित गर्दै पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ  । यससँगै सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता तालिम पनि निरन्तर सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाले संघीय सरकारबाट प्राप्त सशर्त अनुदानका साथै आफ्नै स्रोत साधन परिचालन गरी सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ ।

माङसेबुङ गाउँपालिकाका अनुसार, सामाजिक सुरक्षाका यस्ता कार्यक्रमले नागरिकलाई आत्मनिर्भर बनाउन, सुरक्षित आप्रवासन प्रवर्द्धन गर्न तथा सामाजिक सेवाको सहज पहुँच सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार